डिभी खनाल
खाचिकोट, अर्घाखाँची बैसाख १२ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ का धेरै युवाहरु सामाजिक काम मा ब्यस्त देखिन्छन साबिक खाचिकोट गाबिस हालको सन्धिखर्क नगरपालिका वार्ड नम्वर ७ खाचिकोटका युवाहरु अहिले गाउँको बिकास निर्माण देखि रोजगारी मुलक कार्यक्रमहरु गर्ने लगायतका विभिन्न कामहरुमा सक्रिय देखिने गरेपछि गाउँका स्थानिय भद्दभलादमी खुसि तथा हर्सित छन ।
त्यसको नेतृत्व स्थानिय समाजसेवी युवा ब्यबसायी शिक्षाप्रेमी चुरा केसीले गरिरहेका छन । स्थानिय श्रोत साधनबाट खेलकुदको क्षेत्रको बिकासका लागि तथा युवाहरुलाई रोजगारी मुलक सीप मुलक कामहरु गराउने देखि लिएर समाजमा गर्नु पर्ने सहयोगमा त्याहाका युवाहरु निकै सक्रिय रहेको र आफुले समाज सेवा गर्न पाउँदा निकै खुसी लागेको समाजसेवी चुरा केसीले अर्घाखाँची डटकमलाई बताए ।
खाचिकोट सुविधा सम्पन्न तथा सबैभन्दा बढि आर्थिक श्रोत भएको वार्ड हो । जुन वार्डमा खाचिकोट चुनढुङगा सुपा देउराली मन्दिर जस्ता मनग्य आम्दानी हुने आयश्रोतका बाटाहरु भएको वार्ड हो । जुन वार्डमा जुनसुकै ठाउँबाट आएका भक्तजन तथा पर्यटकहरु त्यहाँ आउने गर्दछन ।
खाचिकोटमा रहेका अधिकाम्स युवाहरु अहिले पनि काममा ब्यस्त छन । उनिहरु बिहान उठेदेखि बेलुका सम्म आफुहरु ब्यस्त हुने गरेको सयम चुरा केसी स्विकार गर्द छन ।
आफुलाई सामाजिक र गाउँ- ठाउँको काम गर्दा आनन्द आउने बताउने केसी पेसाले प्राबिधिक शिक्षक समेत हुन । उनले खाचिकोटमा रहेको एक माध्यमिक बिधालयमा कम्पयुटर शिक्षा अध्यापन गराउछन । गाउँमा अप्ठ्यारो परेका बेला गाउँका जनताले समेत केसीलाई खोज्ने गर्दछन युवाहरु काममा ब्यस्त देखिएपछि अभिभावकहरु खुसी छन ।