अर्घाखाँचीडट्कम संवाददाता
पोखराथोक, अर्घाखाँची । पाल्पामा ढुङ्गा प्रहार गरी श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन । रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा गत सोमबार मङ्गला कुमालले ४० वर्षीय श्रीमान लोकबहादुर कुमाललाई ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ पोखराथोक घर भई ससुराली पाल्पा गएका बेला श्रीमतीको ढुङ्गा प्रहारबाट लोकबहादुरको ज्यान गएको हो ।
श्रीमतीको ढुङ्गा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल पाल्पामा पु-याएपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक देवराज पौडेलले जानकारी दिनुभयो । मङ्गलालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।