लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची १० बैशाख । अन्य केही जिल्ला जस्तै धैरे समयसम्म विवादित रहेको अर्घाखाँचीमा नेकपाको नेतृत्वका लागी आश्चर्यपुर्ण नतिजा बाहिर आयो ।

जिल्लामा अध्यक्ष र सचिवका लागी धेरै जनाका नाम चर्चामा पनी आए र सामाजिक सन्जालमा बधाई पनी खाए । अध्यक्ष पुर्व एमालेले पाउने निश्चित भएसंगै केही महिनादेखी केन्द्रमा दौडधुप चलेको थियो । पुर्व एमाले अध्यक्ष चेतनारायण आचार्य सम्मिलित बैठकले नै पिताम्बर भुसालको नाम माथि सिफारिश गर्यो तर, निर्णय विधि र विधान सम्वत नभएको भन्दै एमाले उपाध्यक्ष जिवनारायण कोईराला र सचिव राम बहादुर चौहानले विरुद्धमा आवाज उठाए । सचिव राम बहादुर चौहानले जिल्ला र केन्द्रिय मिडियामा राम्रै स्थान पाए । त्यस्तै अन्यत्र जिल्लाहरुबाट पनी विरोधका चर्का स्वरहरु निस्किए । केही पछी एमालेबाट नेता जनार्दन खनालको नाम पनी चर्चामा आयो । त्यस्तै पुर्व माओवादी केन्द्रबाट नेकपा सचिवका लागी तोज बहादुर रायमाझी विधानको नाम चर्चामा आयो । माओवादी केन्द भित्रपनी केही विरोधका आवाजहरु आए । नेता छम कुमारी खनाल चिनारी लगायतका केही पदाधिकारीले विधान सम्वत हुनुपर्ने अडान लिए । एकता प्रक्रिया धेरै समयसम्म अल्झिरहँदा कतिले खेल्ने मौका पाएका थिएभने आम कार्यकर्तामा नैराष्यता छाएको थियो ।
अन्तत: अर्घाखाँचीमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्षमा चेतनारायण आचार्य र सचिवमा ठाकुर कुमार बिक चयन हुनुभयो । यो आश्चर्यपुर्ण नतिजा आएसंगै कतिपय नेताले गुनासो गर्नु नपर्ने गरी निर्णय आएको भनेका छन भने कतिपयले आफुहरुलाई झुक्काईएको तथा सुरुमै निर्णय गर्दा काँचो काम गरिएको दावी गरेका छन । नेकपाको सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन । तत्कालीन एमाले र माओवादीका जिल्ला अध्यक्षहरुलाई नै भागबन्डा अनुसार अध्यक्ष वा सचिव जुन पद पाएको भएपनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको छ । यसो गर्दा केही जिल्ला अध्यक्ष भइसकेका नेताको सचिवमा घटुवा भएको छ । विवाद हुने देखिएपछी नयाँ मापदण्ड तय गरिएको थियो । अर्घाखाँचीमा पनी सोही मापदण्ड अनुसार पुर्व एमाले अध्यक्ष चेतनारायण आचार्य नेकपाको अध्यक्षमा तथा पुर्व माओवादी केन्द्रका जिल्ला सेक्रेटरी ठाकुर कुमार बिक नेकपाको सचिवमा चयन हुनुभएको हो । तर, पार्टीले एक व्यक्ती एक पद भन्ने नितीलाई भने चटक्कै बिर्सीएको छ । चेतनारायण आचार्य प्रदेशसभा सांसद हुनुहुन्छ भने ठाकुर कुमार बिक सन्धिखर्क नगरपालिकाका उप-मेयर हुनुहुन्छ । ढिलैभएपनी कम्तीमा एकता प्रक्रियाले गति लिएकोमा नेकपाका समर्थकले सन्तोष गर्ने ठाँउ छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सबै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएपछी अर्घाखाँचीका केही नेकपा नेताहरुले सामाजिक संजाल फेसबुकमा दिएको प्रतिक्रिया ।
नेकपा नेता पिताम्बर भुसालले आफुलाई नाटकिय रुपमा प्रस्तुत गरेको र आशा देखाएको आशय सहितको स्टाटस लेख्नुभएको छ ।
राष्ट्रियसभा सदस्य तथा नेकपा नेता चन्द्रबहादु खड्का उज्वलले पनी नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा स्टाटस लेख्दै कटाक्ष प्रहार गर्नुभएको छ ।
नेकपा नेता जनार्दन खनालले नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा स्टाटस लेख्दै पार्टिले हरेकलाई न्याय गर्नुपर्छ, न्याय भएन भने विश्वास गुम्दै जान्छ भन्ने आशय व्यक्त गर्नुभएको छ ।
तत्कालिन एमाले सचिव तथा नेकपा नेता राम बहादुर चौहानले अहिले कुनै प्रतिक्रिया नदिएपनी नवबर्षको अवसरमा स्टाटस लेख्दै पार्टिले विधी र विधानलाई टेकेर निर्णय लिनुपर्ने आशय व्यक्त गर्नुभएको थियो ।
अनेरास्ववियु अध्यक्ष प्रदिप नेपालीले कार्यकर्ता निराश हुनेगरी गरिएको ढिलाईप्रती इङ्कित गर्दै अध्यक्षहरुलाई नै निरन्तरता दिनु थियो भने ढिलाई नगरेको भए कार्यकर्ता अलमलमा पर्ने थिएनन भन्ने आशय सहितको स्टाटस लेख्नुभएको छ ।