सन्धिखर्कमा चाैथाे गाेरखा भूकम्प स्मृति कार्यक्रम सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची बैशाख १२ । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा चाैथाे गाेरखा भूकम्प स्मृति कार्यक्रम सम्पन्न भएको छ ।
 गाेरखा भूकम्प काे संझनामा अायाेजीत कार्यक्रम मा रेलीले बजार परिक्रमा गरि सभागृहमा पुगेपछि सभामा परिणत भएकाे हाे । 
जिल्ला अायाेजना कार्यान्वयन ईकाई अर्घाखाँचीकाे अायाेजनामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला पूननिर्माण सहजिकरण समितिका संयाेजक पीताम्बर शर्माकाे अध्यक्षता रहेकाे थियाे । कार्यक्रममा सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल ले भूकम्प जाेखिम बाट बच्न गरिने उपायहरूकाे चर्चा गर्द‌ेै नगरले विपत ब्यवस्थापन मा गरेका कार्यहरू बारे प्रकाश पार्नु भएकाे थियाे ।
कार्यक्रमका मन्तब्य राख्दै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने ले विपतकाे पहिचान गरि कार्ययाेजना वनायर लाग्नु पर्ने बताउनु भयाे । उहाँले भूकम्प बाट वच्न सुरक्षित संरचनाकाे निर्माण ,त्यसकाे अनुगमन लगायत सचेतनामुलक कार्यक्रमकाे अायाेजना गर्नेु पर्नेमा जाेड दिनुभयाे ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी जगन्नाथ पन्त ,प्रहरी नायव उपरीक्षक नवराज मल्ल ,शसस्त्र प्रनाउ गाेपाल श्रेष्ठ ,रामबाण गुल्मपति निरज भण्डारी ,अनुसन्धान प्रमुख लक्ष्मण चाैधरी ,विशेष नापी प्रमुख खेम राना ,रेडक्रस का कुसल भुसाल लगायत विभिन्न कार्यालयका प्रमुख ,विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी हरू ,सन्चारकर्मीहरू काे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रम मा भूकम्प सम्बन्धि भिडियाे प्रदर्शन गरियकाे थियाे । कार्यक्रम जिल्ला अायाेजना कार्यान्वायन ईकाइ का अायाेजना ब्यवस्थापक बलराम मिश्रकाे स्वागत र लेखा अधिकृत ठाकुर श्रेष्ठकाे सन्चालनमा सम्पन्न भएकाे थियाे ।

अन्य समाचारहरु