सन्धिखर्कमा सार्वजनिक जग्गा अतिक्रमण विषयक एक दिन अन्तर्किया कार्यक्रम सप्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क सार्वजनिक जग्गा अतिक्रमण विषयक एक दिन अन्तर्किया कार्यक्रम सप्पन्न भएको छ।
रेडियो मालारानी ९५.७ मेगाहर्जको आयोजनामा सरोकार बाला पक्ष र सहभागी बिच अन्तरक्रिया गरिएको थियो ।कार्यक्रम मा सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल ,प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछाने , प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञावलि ,जिल्ला बन कार्यलका प्रमुख शिव प्र.शर्मा विशेष नापी प्रमुख खिम राना,सरकारी वकिल हरि प्रसाद घिमिरे जिल्ला मालपोत कार्यलय का प्रमुख रुकेन्द्र पालुङे , जिल्ला नापी कार्यलय कि प्रमुख सरिता अधिकारी लगायतले सहभागी हरुको प्रश्न को जबाफ दिएका थिए ।
सहभागी हरुको तर्फ बाट अधिब्क्ता जगन्नाथ भुसाल नेकपा का प्रतिनिधि रामचन्द्र पोख्रेल नेपाली काङ्ग्रेस का जिल्ला सभापति बिष्णु खनाल ,राजमोका गोपाल पौडेल ,राप्रपा का देबि बहादुर खड्का परिबार दलका डिल्ली राज भुसाल चेम्बर अफ कमर्श का अशोक श्रेष्ठ पत्रकार महासंघ का जिल्ला सभापति हिम जिसि लेकाली लगायत का सहभागी हरुले विभिन्न प्रश्न राख्नु भएको थियो ।
सहभागी हरुको समग्र प्रश्न को उत्तर दिदै नगर प्रमुख भुसालले भन्नू भयो कहिँ कतै सार्बजनिक जग्गा अतिक्रमण भएको लेखित उजुरी ल्याउनु भोलि देखि नै आफ्नो नेतृत्व मा डोजर लगाउने ठोकुवा गर्नु भयो।
उक्त कार्यक्रम को रेडियो मालारानी ९५.७ मेगाहर्जले आइतबार बेलुका ८.३० बजे र सोमबार बिहान ८.१५ देखि ९.१५ सम्म सुन्न सकिने छ।

अन्य समाचारहरु