अर्घाखाँचीडट्कम संवाददाता
ढाकाबाङ, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पश्चिम क्षेत्रमा पर्ने पुरानो धारापानी ढाकाबाङ हालको भुमिकास्थान नगरपालिकाको उपल्लो पोखरा भुमिकास्थान पिपलनेटा गोखुङा मोटर बाटो को निर्माण कार्यको अनुगमन गरिएको छ।
उक्त सडक अनुगमन को लागि जिल्ला स्थित जिल्ला समन्वय समिति का प्रमुख पिताम्बर शर्मा भुमिकास्थान नगरपालिका का उप-प्रमुख खडानन्डा बेल्बासे प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने प्रहरी नायब उपरीक्षक नबराज मल्ल राष्ट्रिय पुनर्निर्माण जिल्ला इकाई का प्रमुख बलाराम मिश्र जिल्ला समन्वय कार्यलय का प्रमुख जगन्नाथ पन्त कोष नियन्त्रण राम बहादुर के.सि.महिला नेतृ छमकुमारी खनाल स्थानीय वडा अध्यक्ष हरु बालकृष्ण बन्जाडे ,बुद्धि बहादुर थापा भोजराज खनाल लगायत को उपस्थिति रहेको थियोे ।
आर्थिक बर्ष २०७४/०७५ मा नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यन्यन इकाई बाट बिनियोजित भ्याट सहित को कुल रकम रू .१६ करोड ६५ लाख ३८हजार ३७५ रुपियाँ मा ११.४०० मिटर सडक सबग्रेड को कार्य गर्नु कोसाथै उक्त सडकको खाकाबेसी खोलामा निर्माणाधिन २०मि.लम्बाइ को काब्राब्रीज पक्की पुल को कार्य सम्झौता अबधिमै सप्पन्न हुने उक्त सडकका सब-इन्जिनियर हरि बोहरा ले बताएका छन।
उक्त्त सडक निर्माणको कार्य लुम्बिनी अर्घाखाँची पुस्पा जेभि का प्रोपाइटर नारायण बन्जाडे ले पाएका हुन भने उक्त सडक सम्झौता अबधिमै सकिने इकाई प्रमुख बलाराम मिश्र ले बताएका छन।