अर्घाखाँचीडट्कम संवाददाता
हटारीनेटा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको श्री रविचित्र मावि हटारीमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा “प्रहरीसंग १ दिन” भ्रमण तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार बिहान १०:३० बजेको समयमा समुदाय-प्रहरी साझेदारी अवधारणा अनुसार प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत रविचित्र मा.वि. हटारीमा अध्ययनरत १८ जना छात्र र १७ जना छात्रा गरि ३५ जना बिद्यार्थीहरुलाई यस जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा “प्रहरी संग १ दिन “भ्रमण तथा सचेतनामुलक कार्यक्रम संचालन गरिएको हो ।
उक्त कार्यक्रममा प्रहरी प्रमुखसँग भेटघाट प्रहरी कार्यालय भवन अवलोकन, नागरिक सहायता कक्ष, प्रहरी परिचालन कक्ष (१०० र १०४ को प्रयोग ), अपराध अनुसन्धान कार्य, महिला तथा बालबालिका सेवा केन्द्र, जनचेतना मुलक भिडियो प्रदर्शन, जनचेतना मुलक प्रशिक्षण, ट्राफिक जनचेतनामुलक प्रशिक्षण दिएको थियो ।
कार्यक्रममा प्रहरी गस्ती (भ्यान) प्र.नि. गम्भिर जंग थापा, प्र.नि. सुरेश सुबेदी र प्र.ज. नारायण पराजुलीले प्रशिक्षण दिनु भई उक्त कार्यक्रमको समिक्षा, पृष्ठपोषण गरिएको थियो ।