धातिवाङ्गमा काँग्रेसकाे शोक सभा सम्पन्न

श्याम घिमिरे 
धातिवाङ्ग, बैशाख १५ अर्घाखाँची – नेपाली काँग्रेसका सक्रिय सदस्य भवानी पौडेलकी आमा तथा पाणिनी कार्यपालिका सदस्य तारा पौडेलकी सासुआमाको स्व. गोमा पौडेलको १० औं दिनको पुण्य तिथीमा नेपाली काँग्रेसले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । 
नेपाली काँग्रेस पाणिनी गाउँपालिका–६ धातिवाङ्गको आयोजनामा भएको सभामा शोक मन्तव्य राख्दै काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रेवतीप्रसाद भुसालले स्व. गोमा पौडेलले देखाएको बाटो र उहाँले लिएको लक्ष्य काँग्रेसले पुरा गर्ने विश्वास दिलाए ।
काँग्रेस धातिवाङ्ग सभापति शोभाखर पौडेलको अध्यक्षता र नेपाल विद्यार्थी संघ अर्घाखाँचीका उपाध्यक्ष घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा काँग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कान, सचिव विष्णुप्रसाद भुसाल, क्षेत्रीय सभापति अच्युत गौतम, महासमितित सदस्य यादव घिमिरे, पूर्व क्षेत्रीय सभापति मणिराम पौडेल लगायतले शोक मन्तव्य राखेका थिए ।

अन्य समाचारहरु