प्रेमनारायण आचार्य
अर्घाखाँची १६ बैसाख । २०७२ सालको भुकम्पमा ८२ घण्टापछि जिवीतै भेटिएका अर्घाखाँचीको ढाकाबांगका ऋषि खनाललाइ सकदो सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी सहितको टोलीले प्रतिबद्धता ब्यक्त गरेको छ ।
एभिन्युज टेलिभिजनमा विदेश जान भनेर घरबाट हिडेका ऋषिले गरि खाने खुट्टा समेत गुमाएपछि २ छाक कसरि खाने, परिवार कसरि पाल्ने भन्ने समस्या भएको समाचार रिपोर्ट प्रसारण गरेपछि प्रमुख जिल्ला अधिकारी सहितको टोली उनको घरमै पुगेर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको हो ।
ऋषिको घरमा पुगेका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले उनको ५ बर्षिय छोरालाइ पढाउन कुनै संघ सस्थालाइ पहल गरिदिने र उनलाइ कुनै तालिमको ब्यबस्था गर्नकालागि आफुले पहल गर्ने बताउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी सहित ऋषिको घरमा पुगेका पुनर्निमाण प्राधीकरण आयोजना कार्यनवयन इकाइ अर्घाखाँचीका प्रमुख बलराम मिश्रले ५ हजार र निर्माण व्यवसायी नारायाण बन्जडेले ५ हजार आर्थिक सहयोग गर्नु भएको छ ।
२०७२ साल बैसाख १२ गते गएको बिनासकारी भुकम्पमा परि ८२ घण्टा पछि जिबीतै भेटिएका ऋषि खनाल अहिले दैनीक जीवन गुजारा कसरि गर्ने र आफ्नो छोरालाई कसरि पढाउने भन्ने चिन्तामा छन ।
बिदेस गएर पैसा कमाउने आफ्नो सुखी परिबार बनाउने भन्ने उदेश्य बोकेर अर्घाखाँचीबाट काठमाण्डौ गएका ऋषि युएइ अर्थात दुबइ जानका लागि १४ गतेको टिकट लिएका थिए । तत्कालिन अर्घाखाँचीको ढाकाबांग गाविस वाड न. ६ हालको भुमिकास्थान नगरपालिका वाड नम्वर १ साम्नेगाँउ निवासी ३१ बर्षिय ऋषि काठमाण्डौमा १२ गतेको भुकम्पमा परेका थिए ।
उनको अहिले देब्रे खुट्टा काटिएको छ । सामान्य गरिब परिबारका ऋषिको घरमा बुबा आमा, श्रीमती र एक छोरा छन । भुकमपमा परेर बाचेको भन्दा पनि आफ्नो परिबारलाई कसरि पाल्ने र ५ बर्षको छोरा कसरि पढाउने भन्ने चिन्ता छ । उनले भने छोरो कसरि पढाउने भन्ने चिन्ता छ । गाँउकै बोर्डिंग स्कुलमा डेढ बर्ष पढाएपनि छोराको फी तिर्न नसकेर छोरालाइ सामुदायिक विद्यालयको कक्षा १ मा भर्ना गरिदिएका छन ।