प्रकासित मिती: बैशाख १६, २०७६
अर्घाखाँचीडट्कम संवाददाता
अमराई, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शिगगंगा नगरपालिका स्थित ठाडा अमराईबाट जलुकेतर्फ जाँदै गरेको एउटा जीप जिल्लाकै जुकेना ६ फुर्सामाटा देउरालीमा सोमबार साँझ दुर्घट्ना हुँदा एक यात्रुको मृत्यु भएको छ ।
ठाडाबाट जलुके हुँदै प्यूठानको कोल्बोट जाँदै गरेको ग १ ज ४८७६ नम्बरको जिप दुर्घटना हुँदा कपिलवस्तुको शिवराज-५ चन्द्रौटाकी १८ वर्षीया सीता उपाध्यायको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते उपाध्यायको उपचारका लागि बुटवलतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । जिपमा १० जना सवार थिए । अन्य घाइते नभएको प्रहरीले जनाएको छ ।
उपाध्यायले टाउको बाहिर निकालेले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी पाउनासाथ ठाडा इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी र स्थानीयले उद्धार गरेका थिए । उकालो सडकमा ब्रेक फेल भएर जिप अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घट्नामा निधन भएकी सीता उपाध्याय ।