अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची १७ बैशाख २०७६ । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित श्री भगवती मा.वि. कुर शंखेटारीमा प्रहरी सँग १ दिन भ्रमण तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार १०:३० बजे समुदाय-प्रहरी साझेदारी अवधारणा अनुसार प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत भगवती मा.वि. शंखेटारीमा अध्ययनरत १८ जना छात्र र १८ जना छात्रा गरी ३६ जना बिद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा “प्रहरी संग १ दिन “भ्रमण तथा सचेतनामुलक कार्यक्रम संचालन गरिएको हो ।
उक्त कार्यक्रममा प्रहरी प्रमुखसँग भेटघाट प्रहरी कार्यालय भवन अवलोकन, नागरिक सहायता कक्ष, प्रहरी परिचालन कक्ष (१०० र १०४ को प्रयोग ), अपराध अनुसन्धान कार्य, महिला तथा बालबालिका सेवा केन्द्र, जनचेतना मुलक भिडियो प्रदर्शन, जनचेतना मुलक प्रशिक्षण, ट्राफिक जनचेतनामुलक प्रशिक्षण दिएको थियो ।
कार्यक्रममा प्रहरी गस्ती (भ्यान) प्र.नि. गम्भिर जंग थापा, प्र.नि. सुरेश सुबेदी र प्र.ह. रण बहादुर सेन ओलीले प्रशिक्षण दिएका थिए । साथै कार्यक्रमको समिक्षा, पृष्ठपोषण र फोटो सेसन समेत गरिएको थियो ।