श्याम घिमिरे
बैशाख १८ अर्घाखाँची । सन् १८८६ मा अमेरिकाको सिकागो सहरमा ८ घन्टा काम, ८ घन्टा आराम र ८ घण्टा मनोरञ्जन भन्ने मुख्य नारा सहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा आज विश्वभर श्रमिक दिवस मनाईएको छ । अमेरीकामा श्रमिकहरुका बिभिन्न माग राखी सुरु गरीएको उक्त आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको हो भन्ने नखुलेपनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन ग¥यो र सोही क्रममा प्रहरीको गोली लागि ७ जना मजदुरहरुको ज्यान पनी गयो ।
फलस्वरुप मजदुर आन्दोलनले सफलता समेत हासिल ग¥यो । त्यसैगरी सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय ग¥यो, त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिख अर्थात आजैको दिनमा अन्तराष्ट्रि श्रमिक दिवस मनाउन सुरु गरियो ।
यसै दिवसको अबसरमा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक अर्घाखाँचीको आयोजनामा आज १३० औं अन्तराष्ट्रिय मजदुर दिवस एक कार्यक्रमको आयोजना गरी मनाईएको छ । महासंघका जिल्ला अध्यक्ष शिद्धी प्रसाद भट्टराईको अध्यक्षता तुल्सी गैरेको स्वागत मनतब्य र ईन्द्रमणी भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले अन्याय अत्यचारको बिरुद्धमा संघर्ष गर्नु पर्ने भन्दै आफ्नो हकहितको लागी सबै मजदुरहरु एकजुट हुनुको बिकल्प नभएको बताउनु भयो । मजदुरहरुले चुहाएको पसीनाको कारण मालीक बनेकाहरुले पसीनाको सम्मान गर्न सिक्नुपर्ने भन्दै बक्ताहरुले देशको हरेक आन्दोलनमा मजदुरहरुको योगदान अतुलनीय रहेको बताउनु भएको हो ।
यसरी मनतब्य राख्नेहरुमा कार्यक्रमका प्रमुख अतिथी तथा अखिल नेपाल टे«ड युनियन महासंघ अन्टुकका केन्द्रीय उपाध्क्ष गोबिन्द बिसी, राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर बिसी, अनेमसंघकी केन्द्रीय उपाध्यक्ष सकुन्तला राना, राजमो जिल्ला अध्यक्ष थम्मन केसी,सन्धिखर्क नगरअध्यक्ष पशुपती ढकाल,अन्टुक सन्धिखर्क नगर अध्यक्ष कमलप्रसाद घिमिरे लगायतले रहनु भएको थियो ।
विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगार दातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँदै आईरहेका छन । विसं २०४६ को राजनीतिक परिवर्तन संगै नेपालमा पनी यो दिवसको दिन सरकारले सार्वजनिक बिदा समेत दिने गरेको छ ।