प्रेमनारायण आचार्य
सन्धिखर्क बैशाख १७ अर्घाखाँची – नेपाल निजामती कर्मचारी युनियन संघले भित्रेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । विपी स्मृती भवन सन्धिखर्कमा एक कार्यक्रमका बिच जिल्ला समन्वय समिती सभापती पिताम्बर शर्मा भुसालले भित्रेपात्रो विमोचन गरेका छन् ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी पिताम्बर शर्मा भुसालले कमचारीले देश विकासमा ठुलो योगदान गरेका तर सरकारले त्यस्को महत्व बुझ्न नसकेको बताए।
कार्यक्रममा सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसाल, नेपाली कांग्रेसका जिल्ला सभापती बिष्णु प्रसाद खनाल मुस्कान, जिल्ला उपसभापती शान्ता भन्डारी, महाधिवेशन प्रतिनिधी कृष्ण खनाल, नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, नेपाल ट्रेड युनियन कांग्रेसका प्रदेस सचिव नन्दराम भटराइ, महिला संघकी जिल्ला सचिव छमा कार्की, नेपाल पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य, नेविसंघकी जिल्ला सदस्य अनिशा शाही ठकुरी, लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष शेषकान्त घिमिरेको अध्यक्षता, लक्ष्मण खनालको स्वागत र रवि अर्यालको सञ्चालनमा सम्पन्न भएको छ ।