विक्रम पाण्डे
सन्धिखर्क, अर्घाखाँची । पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले अबको पत्रकारीता राष्ट्रिय एजेण्डामा आधारीत हुनु पर्ने बताएका छन् ।
उनले पत्रकारीता ब्यक्तीबादी नभएर समाज र राष्ट्रलाई सकारात्मक बाटो तर्फ उन्मुख गराउने खालको हुनु पर्ने बताएका हुन् ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले विश्व प्रेश स्वतन्त्रता दिवशको पूर्वसन्ध्यामा बुधबार आयोजना गरेको नयाँ वर्ष विशेष शुभकामना आदान प्रदान तथा महासंघको क्यालेण्डर बिमोचन कार्यक्रमलाई संबोधन गर्दै अहिले पत्रकारहरुमा सत्य र तथ्य भन्दा पनि ब्यक्तिबादी सोँच हावी भएको छ तर नेपाली पत्रकारले लोकतन्त्र स्थापनाको खातिर खेलेको भुमिका कसैले पनि विर्सन नहुने बताए ।
उनले अर्को फरक प्रसङगमा नेपाली जनतालाई अधिकार तथा स्वतन्त्र गराउने पक्षमा सरकार सधै प्रतिबद्ध रहेको बताए । सरकारको लक्ष्य अहिले गरीवी हटाउने रहेको कुरालाई इङगीत गर्दै रायामाझीले पत्रकारले गरीवी र बेरोजगारको विरुद्धको पक्षमा अाफनो कमल उठाउनु पर्ने आबश्यकता रहेको बताए ।
रायमाझीले नेपाली संस्कृति र संस्कारलाई नभुली देशको विकास र समृद्धिमा लाग्नु पर्ने उद्घोष गरे । उनले विश्व राजनितीलाई कटाक्ष गर्दै विश्व राजनिती अहिले निरुङकुसता तर्फ जान लागेको प्रति चिन्ता समेत ब्यक्त गरे ।
प्रदेस सभा सदस्य रामजी प्रसाद घिमिरेले पत्रकारले सधै नकारात्मक पक्षलाई मात्र नभएर सकारात्म पक्षलाई पनि जनता माझ पुराउनु पर्ने बताएका छन् । उनले सकारात्म सोँचले समाज र राष्ट्रको विकास र समृद्धिमा सहयोग पुग्ने बताए ।
सन्धिखर्क नगरपालीका नगरपालीकाका प्रमुद कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालीका समृद्ध नगर निर्माणमा लागी परेको बताए । नगरमा अहिले थुप्रै योजनाहरु सम्पन्न भएको र केही योजनाहरु सम्पन्न हुने क्रममा रहेको हुनाले नगरपालीका विकासको बाटोमा हिँडेको बताए ।
कार्यक्रममा सन्धिखर्क नगर उप प्रमुख ठाकुर कुमार विक , प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने , नेकपा ५ नं सदस्य छमकुमारी खनाल , नेपाली कांग्रेस जिल्ला सदस्य कृष्ण खनाल , राजमोका गोविन्द विसी , नयाँ शक्ति पार्टीका संयोजक गोकर्ण थापा , परीवार दलका डिल्लीराज भुसाल , विबेकशील साझाका हरी प्रसाद भुसाल , नेपाल पत्रकार महासंघका ५ नं. प्रदेश सदस्य शोभाखर पन्थी लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम जिसी लेकालीको अध्यक्षता , उपाध्यक्ष गणेश खनालको स्वागत मन्तब्य तथा सचिव सुर्य प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।