अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघको आयोजनामा साकोस जोखिम बिश्लेषण कार्यशाला गोष्टी सम्पन्न भएको छ ।
गोष्टीको समन्वयन अर्घाखाँची जिल्ला वचत तथा ऋण सहकारी संघले गरेको थियोे । कार्यक्रम नेफ्स्कुन संचालक एवं ५ न. प्रदेश संयोजक कुष्ण नेपालको अध्यक्षता, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख अथित्यता, नेफ्स्कुन महासचिव चन्द्र प्रसाद ढकालको प्रशिक्षणआत्म्क विशेषश आतिथ्यता, जिल्ला वचत संघ अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसाल प्रशिक्षणत्मक स्वागत मन्तव्य , उपाध्यक्ष दोण प्र भुसाल लगायत ३१ संस्थाका ६५ जना सहभागीको उत्सुकतापुर्ण उपस्तिथिमा भएको थियो ।
कार्यक्रमबाट बचत तथा ऋण सहकारी संस्थाहरुमा हुन सक्ने जोखिम ब्यवस्थापनका लागि समिक्षा गरि जिल्ला बचत तथा ऋणका आगामी नीति कार्यक्रम , नेफ्स्कुन र पालिकाहरु संग सहकार्य गर्न यहि बैशाख २७ गते शुक्रबार बिहान ११ बजे अर्घाखाँची उद्योग बाणिज्य संघको हलमा विशेष भेला गर्ने निर्णय गरिएको छ।
उक्त भेलामा सहभागीताको लागी जिल्लाभरका सबै बचत तथा ऋण सहकारी संस्थालाई अनिवार्य उपस्तिथिकोलागि आमन्त्रण गरिएको छ।