अर्घाखाँचीडट्कम संवाददाता
जलुके, अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिका वार्ड नम्बर ८ जलुकेकाे सातमारामा कार दुर्घटना हुँदा नेकपाका नेतासहित चार जना घाइते भएका छन्।
दुर्घटनाग्रस्त कार ।
बुधबार दाङबाट बुटवल जाँदै गरेको बा १९ च १३३ नम्बरको कार दाङ र जलुकेकाे सातमारा सिमानामा दुर्घटना हुँदा नेकपाका प्रदेश कमिटी सदस्य, युवा संघका प्रदेश अध्यक्षसहित चार जना घाइते भएका हुन्। दुर्घटनामा युवा संघ प्रदेश ५ का अध्यक्ष मनोहर बुढाथोकी, प्रदेश सदस्य लक्ष्मण शर्मा, शिवकुमार आचार्य, शिवानन्द गिरी घाइते भएका छन्।
पूर्व पश्चिम राजमार्गको जलुकेकाे सातमारामा कार र ट्रक ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। नेकपाका नेताहरु चढेको बा १९ च १३३ नम्बरको कारलाई नारायणघाटबाट दाङको घोराही आउँदै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
घाइते सबै जनालाई दाङमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको दाङ प्रहरीले जनाएको छ।