माधव खनाल
बैशाख १८ अर्घाखाँची । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वडा न १ का युवा नेता तथा सामाजिक अगुवा ठाकुर गिरिलाइ मातृशोक परेको छ ।
गिरिकी आमा श्यामकला गिरिको २०७६बैशाख १८ गते साझ ५ बजे आफ्नै निवासमा ७७ वर्षको उमेरमा निधन भएको थियो
स्वर्गीय गिरिको पार्थिक सरिरमाथी राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका सदस्य तथा वडा न १ का निर्वाचित अध्यक्ष भोजराज खानाले पार्टीको झण्डा ओडाइ अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो साथै खनालले शोक मन्तव्य राख्दै स्वर्गीय श्यामकला गिरिको निधनले राष्ट्रिय जनमोर्चा भुमिकास्थान एकलाई अपुरणिय क्षति पुगेको बाताउनुभएको छ ।
यस्तैका शोक मन्तव्य राख्नेहरुमा नेकपा नेता कासिराम गमाल ,स्थानीय समाजसेवी लक्ष्मण खनाल लगाएतले शोक मन्तव्य राख्नुभएको थियो ।
श्रद्धाञ्जली कार्यक्रमको स्वर्गीय श्यामकला गिरिका जेष्ठ छोरा सुमन्त गिरिको अध्यक्षता र संचालन माधव खनालले गर्नुभएको थियो स्वर्गीय गिरिका तीन छोराहरु हुनुहुन्छ ।