अर्घाखाँचीडट्कम संवाददाता
विहारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १० विहारा बजारमा चालक र सहचालकको स्वास्थ्य परिक्षण गरिएको छ ।
विहारा स्थित ट्राफिक सप्ताह कार्यक्रमको पाचौ दिनको कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख प्र.ना.उ नबराज मल्ल ,प्र.नि सुरेश सुबेदी, बिभिन्न यातायात ब्यबसायी समितिका प्रतिनिधि , स्थानिय बुद्धी जिबी ,भद्रभलादमीहरुको समेत उपस्थितिमा जिल्ला अस्पताल अर्घाखाँचीको सहयोगमा बिभिन्न सवारी साधनका चालक तथा सह-चालकको स्वास्थ्य परिक्षण गरिएको छ ।
चालक तथा सह-चालक गरी ७० जनाको स्वास्थ्य परीक्षण गरी यात्रुहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिनुको साथै बिभिन्न ट्राफिक जनचेतनामुलक प्रर्चा पम्लेट बितरण गरीएको थियो ।