अर्घाखाँचीडट्कम संवाददाता
भद्रिखाेला, अर्घाखाँची बैशाख १९ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर – २ को चुत्राबेसीको भद्रिखाेलामा कृषि तथा पशु हाटबजार सन्चालनमा आएको छ ।
सन्धिखर्क नगरपालिका वडा नं.२ काे आयाेजनामा भद्रिखाेला (अर्घाखाँची आवासीय मा.वि.काे नजीक) कृषि तथापशु हाटबजार सन्चालनमा आएको हो ।
हाटबजारको नगर प्रमुख कमल प्रसाद भुसालले उद्घाटन गरेका थिए । चुत्राबेसीको भद्रीखोलामा आजदेखि हरेक हप्ताको बिहिबार पशु तथा तरकारी हाटबजार संचालन हुने भएको छ।
हाटबजारमा स्थानिय कृषकहरुले उत्पादन गरेका पशुजन्य तथा अन्य कृषि जन्य बस्तु सामानहरु बिक्रि बितरण गरिएको छ । हाटबजार ब्यबस्थापन वार्ड नं. २ को पशु तथा कृषि हाटबजार शिर्षकमा छुट्टाइएको रु १ लाख बिनियोजित रकमबाट गरिएको वडा अध्यक्ष मोतिजंग रायमाझीले बताए । हरेक हप्ताको बिहिबार भद्रीखोलामा लाग्ने हाटबजारले स्थानीय कृषि ब्यबसाय मात्र होइन समग्र जिल्ला नै लाभान्वित हुने रायमाझीले बताए ।