सन्धिखर्क नगरपालिकाका मेयरलाई पत्र

श्रीमान मेयर ज्यू,
सन्धिखर्क नगरपालिका
अर्घाखाँची
विषयः– स्वस्थ भई बाँच्न पाउँ ।
महोदय,
उपरोक्त सम्बन्धमा विकास निमार्ण आफैमा राम्रो पक्ष हो तर विकास निमार्णका क्रममा बनाइएका सडकबाट अत्यधिक धुलो उडी आम मानिसमा व्यापक असर परेको सर्वविदितै छ । उक्त धुलोबाट आम मानिसमा दम, फोक्सोको क्यान्सर, एलर्जी, छालाको रोग र श्वासप्रश्वास सम्बन्धि रोग लगायतका घातक समस्या निम्ताइरहेको छ र भविष्यमा पनि निम्ताउने छ । आम मानिसको दैनिक जिवन अस्तव्यस्त बनाइरहेको छ । विहान घरबाट हिडेको मानिस साँझ घर फर्किदा घरैका परिकारका सदस्यले समेत नचिन्ने अवस्था छ ।
स्वस्थ रही बाँच्न पाउने हक संविधानले निर्देशित गरसकेको छ । स्वच्छ वातावरणमा बाँच्न पाउने हक नेपालको संविधा २०७२ को धारा ३० मा प्रष्ट उल्लेख छ । मेयर ज्यु, यस भन्दा अगाडी सरकारले घातक रोग लागेकोलाई निश्चित दरले मासिक भत्ता उपलब्ध गराउने कुरा घोषणा गरिसकेको थियो र अहिले पनि गम्भिर रोग लागेकोलाई उपचारमा सहुलियत गर्ने निर्णय गरेको छ । यसरी निम्तिएका घातक रोगका कारण राज्य कोषबाट कति रकम खर्च हुन्छ होला मनन गर्नुहोस त ! त्यसकारण एकातिर राज्यकोषबाट धmेरै बजेट खर्च हुने अर्कोतिर विरामी स्वयमलाई दुःख हुने, घरपरिवारलाई तनाव हुनुका साथै घरपरिवारको आर्थिक अवस्था विग्रनुका साथ साथै राज्यको कुलग्राहस्थ उत्पादनमा नै नकरात्मक असर पर्न जान्छ । 
त्यसैले म भन्छु, तत्काल त्यस्ता सडक पिच गर्न नसकिए पनि केही रोकथामका उपाय अपनाउन सकिन्छ नी रोकथामबाट भविष्यमा हुने, विकराल समस्याबाट पनि बाँचन सकिन्छ । यदि राज्यमा नागरिक, रोगी, दुःखी, धेरै नागरिकको मृत्यु भएमा को माथी शासन गर्ने, शासनको, प्रशासनको औचित्य के हन सक्छ ?
नयाँ नेपा, फेरिएको दुई तिहाई बहुमत भएको सरकार र लामो समय पछि स्थापित स्थानीय सरकार भएको नागरिकले अनुभुति गर्न सकेका छैनन् । के, हामी यसलाई नियन्त्रण गर्न सक्दैनौ र ? किन यस विषयमा हाम्रो ध्यान जान सकेन ?
स्थानीय सरकारले करलाई पनि वृद्धि गरेको छ, तर जनतालाई दिने सुविधामा किन कञ्जुसी गरिरहेको छ । नयाँ सडक मात्र होइन नगरका पिच गरिएका सडक पनि सफा छैनन् , नगरमा प्लाष्टिक, कागजजन्य फोहोर जताततै देख्न सकिन्छ त्यसको नियन्त्रणको लागि कुनै ठोस कदम चालिएको छैन, मेयर ज्यु नयाँ सडकका किनारमा रहेका वस्ती धुलोले, खानेकुरा, पानी लत्ताकपडा सबै धुलो–धुलो अवस्थामा उनीहरुको जिवनयापन कसरी भएको छ विचार गरौ त ! 
धुलोबाट हुने असरलाई कम गर्ने उपाय पनि छन् । सन्धिखर्क नगरपालिका सँग दमकल पनि छ, ट्याङ्कर पनि छ होला नभए जोहो गरेर भए पनि बढी व्यस्त  हुने सडकमा वाँगी खोलामा बगेर खेर गइरहेको पानी, ट्याङ्कर एवम् दमकलमा भरी धुर्लाम्म सडकमा रोटेशन अनुसार पानी छर्कनाले केही हदसम्म धुलो नियन्त्रण भई आम जनताले राहत महशुस गर्दथेकी । यसका साथै नगरमा फोहोर भइसकेपछि सफा गर्नुभन्दा फोहोरलाई जरै देखी नियन्त्रण गर्न ठोस कदम चाल्न सुझाव दिन्छु । प्रधानमन्त्र िके.पी. शर्मा ओलीले भनेझै सुखी एवम् समृद्धि नेपालको नारा पुरा गर्न प्रदुषण रहित स्वास्थ्य वातावरण हुन जरुरी छ । यस विषयमा हजुरलाई झकझकाउनु पर्ने त होइन तर यो कामको लागि ढिला भइसकेको हुनाले पत्र मार्फत त्तयान आर्कषण गराउन चाहन्छु । समस्ष समाधान गर्न सकिने विषयलाई बेलैमा समाधान गर्न नसके स्थानीय सरकारमा रहिरहनुको कुनै औचित्य नहोला ।
उही:
माधव भुसाल
शिक्षक 
स.न.पा. १०
कालिका ने.रा.मा.वि. मालारानी – ४  

Image result for सन्धिखर्क नगरपालिका कमल प्रसाद भुसाल arghakhanchi.com

अन्य समाचारहरु