छत्रदेब गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुसालद्दारा मुस्कान सहितको सेवा दिनका लागि कर्मचारीलाई निर्देशन


सुर्य भुसाल 
छत्रदेब, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमान्नद भुसालले जनताको काम छिटोभन्दा छिटो कसरी हुन्छ सुशासन पार्दसिता कायम गरि मुस्कान सहितको सेवा दिनका लागि कर्मचारीलाई निर्देशन दिनु भएको छ । 
  उहाले कर्मचारीलाई सेवाग्राहीको काम ५ मिनेट भित्र गर्नका लागि निर्देशन दिदै जनताको काम छिटो छरितो गरेर सेवा मैत्री वातावरण  बनाउन आफुले सुरुवात गरेको बताउनु भयो ।
गाउँपालिकाले  गरेका सबै गतिविधिहरु आफ्नो वेवसाइट मार्फत सार्वजनिक गर्दै सुशासन पारदर्सिलाई प्राथमिकतामा राखेर काम गरिरहेको दावी गर्नु भयो । उहाँले गाउँपालिकामा नागरिक बडापत्र, सुझाब पेटिका तथा नोटिस बोर्डको स्थापना गरी खुल्ला सरकारको अबधारणालाई आत्मसाथ गरेको बताउदै आफुले गाउँपालिका भित्रको आर्थिक पार्दर्सिता  नमुना बनाउनका लागि हरप्रयास गरिरहेकाले सहयोगका लागि आग्रह गर्नु भयो ।
उहाँले गाउँपालिकालाई खरका छाना मुक्त बनाइएको भन्दै काठका पोलमुत्त गाउँपालिका बनाउने अभियानलाई समेत तिब्रता दिइएको बताउनुभयो र छत्रदेब गाउँपालिका देशकै चर्चित गाउँपालिको रुपमा अगाडि बढने गरि काम भईरहेको दावी गर्नु भयो  । उहाँले गाउँपालिकामा कर्मचारी अभाव भएपनि जनप्रतिनिधी र कर्मचारीको बिचको सम्बन्ध नङ र मासुको जस्तो भएकोले बिकासले दुर्तगति लिन सकेको बताउदै रातदिन खटिएका कर्मचारीहरुलाई प्रोत्साहन गरिने बताउनु भयो ।
 उहाँले गाउँपालिकालाइ सुख्खाग्रस्त क्षेत्रमा रुपमा राखेर खानेपानीको समस्यालाई निर्मुल पार्न रणनीतिक योजना निर्माण गर्ने तयारीमा रहेको जानकारी गराउनुभयो । भुसालले छत्रदेब गाउँपालिकामा बायु उर्जाको प्रबन्ध मिलाउन सम्भाब्य क्षेत्रको अध्ययन गर्ने योजनामा रहको र अब त्यसलाई छिटोभन्दा काम अगाडि बढाउने बताउनु भयो । 
भुसालले गाउँपालिकाबाट आगामि बर्ष नयाँ नयाँ बेरोजगारी समस्या समधान हुने खालका योजना अगाडि सारिने बताउनु भयो । भुसाल छत्रदेवमा आएपछि सुसासन पार्दसिता कायम गराउन सफल हुनु भएको छ । स्थानिय तहको लामो अनुभब बटुलेका भुसाल ईमानदार लगनसिल सवच्छ छबिको कर्मचारीको सुचिमा पर्छन ।

अन्य समाचारहरु