सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । औधोगिक ब्यवसाय विकास प्रतिष्ठान बुटवल र देउराली टेक्निकल कलेज अफ टेक्नोलोजी अर्घाखाँचीकाे संयुक्त आयाेजनामा १० दिन सम्म सन्धिखर्ककाे साथीहाेटलमा सन्चालित तालिमकाे एक कार्यक्रम बिच आज समापन गरियकाे छ ।
तालिमकाे समापन कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख पिताम्वर शर्माले सिकेकाे ज्ञानलाइ ब्यबहारमा उतारि सफल ब्यवसायी बन्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नु भएकाे छ ।
समापन कार्यक्रममा सन्धिखर्क वडा नं.१का वडा अध्यक्ष युवराज वन्जाडे, २नं.वडा अध्यक्ष माेतिजङ् रायमाझि ,नेपाल पत्रकार महासंघका अध्यक्ष हिम लेकाली ,देउराली टेक्निकलका प्रमुख ब्यबस्थापन बाशुदेव बिश्वकर्माले प्रशिक्षार्थीहरूलाई उद्योग ब्यवसायलाई छनाैट गरि ,ब्यबसायिक याेजना बनायर काममा लाग्न अनुराेध गर्नु भयाे ।
याेगेन्द्र श्रीस मगरकाे अध्यक्षता ,अनिशा शाहि काे सन्चालनमा मा सम्पन्न तालिममा व्यवसाय सम्बन्धि उत्प्रेरणा जगाउन नयाँ ब्यबसासिहरूलाई तालिम प्रदान गरियकाे छ ।तालिममा अर्घाखाँचीका विभिन्न क्षेत्रका उद्दम ब्यवसायमा चासाे राख्ने २३ जना प्रशिक्षार्थीहरू सहभागि बनेका छन् ।कार्यक्रम मा अतिथिहरूलाई मायाकाे चिनाे प्रदान गरि सम्मान गरियकाे थियाे ।
निशुल्क रूपमा सन्चालित यस तालिमकाे सहजिकरण अाैद्धाेगीक ब्यवसाय विकास प्रतिष्ठान का कार्यालय प्रमुख मुकुन्द ज्ञवाली ,वरिष्ठ ब्यवसाय प्रबर्द्धन अधिकृत याेगेन्द्र श्रीस मगर ,र ब्यवसाय प्रबर्द्धन अधिकृत सरिता ज्ञवाली ले प्रदान गर्नु भएकाे थियाे ।