अर्घाखाँचीडट्कम संवाददाता
सितापुर, अर्घाखाँची बैशाख १९ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुर बडाचौरका एक किशोर पाँच दिनदेखि बेपता भएका छन् ।
सितापुर बडाचौरका १५ बर्षिय राजेश परियार गत बैसाख १४ गतेदेखि बेपता भएका हुन् ।
राजेश घरदेखि पानी लिन पधेरोमा गएको समयमा गाग्री पधेरोमै छाडेर हराएका थिए । उनलाई छिमेकी, साथीभाई जताततै खोज्दा पनि फेला पर्न नसकेको भन्दै परिवारले प्रहरी तथा सबैलाई अनुरोध गरेको छ ।