चुत्राबेसीको श्री अर्घाखाँची आवासीय माध्यामिक बिद्यालय बेलबाटिकामा बिद्यालय-प्रहरी सम्पर्क कार्यक्रम अन्तर्गत जनचेतनामुलक सम्पन्न (भिडियो, तस्बिर सहित)
बैशाख १९ गते, २०७६ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
चुत्राबेसी, अर्घाखाँची बैशाख १९ । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको चुत्राबेसीको बेलबाटिका स्थित श्री अर्घाखाँची आवासीय माध्यामिक बिद्यालयमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार “बिद्यालय-प्रहरी सम्पर्क कार्यक्रम” अन्तर्गत जनचेतनामुलक सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नं. २ बेलबाटिका स्थित श्री अर्घाखाँची आवासीय बोडिङ्ग स्कुलमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार “बिद्यालय-प्रहरी सम्पर्क कार्यक्रम” अन्तर्गत लागु औषध दुर्ब्यसन, लैङिगक हिंसा, महिला हिंसा, घरेलु मदिरा उत्पादन नियन्त्रण, जबरजस्ती करणी, बिबाह सम्बन्धी, सामाजिक तथा साइबर अपराध सम्बन्धी बिभिन्न जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
कक्षा ८ देखी ११ सम्मका करिब १५० जना बिद्यार्थीहरुको सहभागीता रहेको थियो । यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नबराज मल्ल र प्र.नि. गम्भिर जंग थापाले प्रशिक्षण दिनुभएको थियो ।