चुत्राबेसी भक्तीटोलामा रहेको प्रसिद्ध धार्मिक स्थल शिबालय मन्दिरमा हुने ११ दिने शिबपुराण ज्ञान महाज्ञयको तयारी पुरा

अर्घाखाँचीडट्कम संवाददाता
चुत्राबेसी, अर्घाखाँची बैशाख १९, २०७६ । अर्घाखाँची जिल्लाको चुत्राबेसी भक्तीटोलामा रहेको प्रसिद्ध धार्मिक स्थल शिबालय मन्दिरमा बैशाख २३ गते देखि जेष्ठ २ गते सम्म शिबपुराण ज्ञान महाज्ञय सन्चालन हुने भएको छ।
नेपालकै पहिलो पटक पुर्ण स्फटिक जडित शिबलिङ रहेको शिबालय मन्दिरमा धार्मिक पौराणिक सास्कृतिक पक्षको संरक्षण र सम्बधनको लागी पन्डित नारायण प्रसाद आचार्यको मुखराबिन्दुबाट कथा बाचन हुने भएको हो । 
मन्दिर ब्याबस्थापन समितिका अध्यक्ष नारायण प्रसाद खनाल संरक्षक रहेको उक्त महायज्ञलाई डिलाराम भुसालको संयोजकत्वमा १०१ मुल आयोजक समिति र ११ वटा उप समितिको समेत गठन गर्नुका साथै ४ सल्लाहकार सदस्य समेतको २९ सदस्यीय सचिबालय बनाइको छ।
 
बैशाख २३ गते बिहान ८ बजे कलश यात्राबाट प्रारम्भ हुने महायज्ञमा कसैलाई पनि जबर्जस्त पैसा दिनु पर्छ भन्ने छाप मेटाउनको लागि दान करले हैन रहरले गरौं भन्ने मुल नाराका साथ यज्ञ सन्चालन हुने बताइएको छ । महायज्ञमा करिब १० लाख खर्च हुने आयोजक पक्षले बताएको छ । 
दैनिक ६० जना भन्दा बढी पन्डित र सयौ भक्तजनहरुको लागि खाना र आवासको ब्यबस्थापन गरिएको छ।
बिहान ११ बजे देखि १ बजेसम्म पन्डित केशबा नन्द मरासिनीले पुजा आजा र १ बजेपछि मुल बाचक नारायण प्रसाद आचार्यले बाचन गर्नुको साथै बिच बिचमा मनोरञ्जनात्मक भजन कृतन समेत गरिने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।

अन्य समाचारहरु