ढाकाबाङमा वार्ड १ का सचिव जीवन श्रेष्ठलाई बिदाई

माधव खनाल
ढाकाबाङ, बैशाख २० अर्घाखाँची  । भुमिकास्थान नगरपालिका वार्ड न १ ढाकाबाङको आयोजनामा भुमिकास्थान नगरपालिका वडा न १ का सचिव जीवन कुमार श्रेष्ठलाई  एक कार्यक्रम गरि वार्डले आज बिदाई  गरेको छ ।
सो बिदाइ कार्यक्रममा मन्तव्य राख्दै भुमिकास्थान नगरपालिका वडा न १ अध्यक्ष भोजराज खनालले श्रेष्ठको कामको प्रशम्सा गर्दै सरुवा भइ जाने ठाउँमा पनि यस्तै सहरानिय अनि जनताको मन जितेर काम गर्न आग्रह गर्नुभएको थियो ।
 बिदाइ कार्यक्रममा मन्तव्य राख्नेहरुमा बेमौसमी तरकारी खेतिका प्रशिक्षक दिपक आचार्य बिदाइ लिने वडा सचीव जीवन कुमार श्रेष्ठ पत्रकार माधव खनाल लगायतले मन्तव्य दिनुभएको थियो ।
 बिदाइ कार्यक्रम भुमिकास्थान नगरपालिका  १ का वडा सदस्य गोपाल नेपाली को अध्यक्षता स्थानीय खुविराम खनालको स्वागत मन्तव्य र भुमिकास्थान नगर कार्यपालिका सदस्य सान्ता खनालको संचालनमा कार्यक्रम सप्पन्न भएको थियो ।

अन्य समाचारहरु