सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले जनताको काम छिटोभन्दा छिटो कसरी हुन्छ सुशासन पार्दसिता कायम गरि मुस्कान सहितको सेवा दिनका लागि कर्मचारीलाई निर्देशन दिनु भएको छ ।
ज्ञवालीले कर्मचारीलाई सेवाग्राहीको काम ५ मिनेट भित्र गर्नका लागि निर्देशन दिदै जनताको काम छिटो छरितो गरेर सेवा मैत्री वातावरण बनाउन आफुले सुरुवात गरेको बताउनु भयो । नगरपालिकाले गरेका सबै गतिविधिहरु आफ्नो वेवसाइट मार्फत सार्वजनिक गर्दै सुशासन पारदर्सिलाई प्राथमिकतामा राखेर काम गरिरहेको दावी गर्नु भयो ।
ज्ञवालीले नगरपालिका नागरिक बडापत्र, सुझाब पेटिका तथा नोटिस बोर्डको स्थापना गरी खुल्ला सरकारको अबधारणालाई आत्मसाथ गरेको बताउदै आफुले नगरपालिका भित्रको आर्थिक पार्दर्सिता नमुना बनाउनका लागि हर-प्रयास गरिरहेकाले सहयोगका लागि आग्रह गर्नु भयो । उहाँले नगरपालिका भित्र नमुना कामहरु गगासरोबरमा डुङ्गा सन्चालन शान्ति बगैँचा आधुनिककरण भ्युटाबर निर्माण पार्कहरु निर्माण बाटाहरु पिच खानेपानी ब्यबस्थापन जस्ता कामहरुले दुर्त रुप लिएकोले नगरपालिकाका हरेक अभियानले तिब्रता दिइएको बताउनुभयो ।
ज्ञवालीले बिकासका कामहरु गर्दा जनप्रतिनिधी र कर्मचारीको बिचको सम्बन्ध नङ र मासुको जस्तो भएकोले बिकासले दुर्तगति लिन सकेको बताउदै रातदिन खटिएका कर्मचारीहरुलाई प्रोत्साहन गरिने बताउनु भयो । ज्ञवालीले नगरपालिकामा बायु उर्जाको प्रबन्ध मिलाउन सम्भाब्य क्षेत्रको अध्ययन गर्ने योजनामा रहको र अब त्यसलाई छिटोभन्दा काम अगाडि बढाउने बताउनु भयो ।
ज्ञवालीले आगामी बर्ष नयाँ नयाँ बेरोजगारी समस्या समधान हुने खालका योजना अगाडि सारिने बताउनु भयो । ज्ञवाली नगरपालिकामा आएपछि सुसासन पार्दसिता कायम गराउन सफल हुनु भएको छ । स्थानिय तहको लामो अनुभब बटुलेका ज्ञवाली ईमानदार लगनसिल सवछ्व छबिको कर्मचारीको सुचिमा पर्छन् ।