अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची वैशाख २०, २०७६ । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा विश्वमै दुर्लभ र लोपोन्मुख पक्षी गिद्ध भेटिएका छन् ।
सदरमुकाम सन्धिखर्कको फोहोर फ्याक्ने ठाउँमा दुर्लभ र लोपोन्मुख पक्षी गिद्ध भेटिएका हुन् ।
पछिल्लो समय मरेका चौपायालाई खुला ठाउँमा नफ्याँकी गाड्ने प्रचलन बढेपछि आहारा खोज्न गिद्ध यहाँ आएको अनुमान गरिएको छ ।
आहारा नपाउँदा गिद्ध लोप हुने अवस्थामा पुगेका छन् ।
अर्घाखाँचीमा आएका गिद्ध तराईका रैथाने लोपोन्मुख डंगर गिद्ध, दुर्लभ सुन गिद्ध, सेतो गिद्ध, हिमाली गिद्ध, हाडफोर गिद्ध, खैरो गिद्ध र राज गिद्ध भएको नेपाल पक्षी संरक्षण संघका विज्ञ ईश्वरी चौधरीले बताए ।
गिद्धलाई मरेका जनावरको सिनो खाइ वातावरण स्वच्छ र सन्तुलित राख्ने पक्षीकारुपले पनि चिनिन्छ ।