गोपाल प्रसाद भट्टराई
किमडांडा, अर्घाखाँची बैशाख–२० । सामाजिक अभियान्ता कृष्ण प्रसाद भुसालको आर्थिक सहयोग पाएपछि बालापनमै बुवालाई गुमाएका अर्घाखाँचीका २ बालकले पढ्ने अवसर प्राप्त गरेका छन् ।
जिल्ला सदरमुकाम सन्धिखर्क निवासी भुसालले दिवंगत आमाको सम्झनामा आर्थिक सहयोग गरेपछि सन्धिखर्क–८,किमडांडा निवासी धनकला पाण्डेका दुई छोराले पढ्न पाएका हुन् । ४० बर्षको अल्पआयुमै बुवा कृष्ण बहादुर पाण्डेको निधन भएपछि सहाराविहिन जस्तै भएका धनकलाका दुइ छोरा प्रविण र प्रभात लाई स्वर्गिय आमा पवित्रा भुसालको स्मृतिमा छोरा कृष्ण भुसालले २०७१ सालदेखी बार्षिक ५ हजार रुपैंया निरन्तर सहयोग गर्दै आउनुभएको छ ।
४० बर्षकै उमेरमा जिवनको बाटो देखाउने श्रीमान कृष्ण बहादुरको निधनपछि दुइ छोराको भविष्य अन्धकार हुने चिन्तामा पर्नुभएकी धनकलालाई आफन्त तथा स्थानियको सहानुभुती र कृष्ण भुसालको आर्थिक सहयोगले छोराहरुलाई शिक्षा दिन सहायता मिल्दै आएको छ । १४ बर्षिय छोरा प्रविण र १२ बर्षिय छोरा प्रभातले अहिले सन्धिखर्क ग्रिन इङ्गिलस बोर्डिङ्ग स्कुल चुत्रावेसीमा क्रमश :- ८ र ५ कक्षामा अध्ययन गर्दै आएका छन् ।आमाको सम्झनामा प्रत्येक बार्षिक तिथिको दिन उनिहरुको राम्रो शैक्षिक भविष्यको भावनाले साथी बचत सहकारी संस्थामा सहयोग रकम जम्मा गर्दै आएको सामाजिक अभियान्ता कृष्ण भुसालले बताउनुभएको छ ।
अर्घाखाँची युवा परिषदको निर्वतमान अध्यक्ष,साथी सहकारीको सदस्य,१० घर एक पोखरी निर्माण अभियानका अभियान्ता र अर्घाखाँची उद्योग वाणिज्य संघका सदस्य समेत रहनुभएका युवा व्यबसायी कृष्ण भुसालले विभिन्न सामाजिक काममा सहयोग गर्दै आउनुभएको छ ।
यस्तै बैशाख २ गते देखि सुरु भएको विद्यार्थी भर्ना अभियानको अवसरमा पनि उहांले विद्यार्थी प्रविण र प्रभातलाई आवस्यक ड्रेस र स्कुल व्याग प्रदान गरि विद्यालयमा विद्यार्थी भर्ना अभियानलाई समेत सहयोग गर्नुभएको छ ।बिरामीका कारण बुवाको मृत्युवरणले असायह बनेका यि दुई विद्यार्थीलाई आफु सक्दो सहयोग गर्न पाउँदा खुशी लागेको कृष्ण प्रसाद भुसालको भनाई छ ।
विद्यार्थी भर्ना अभियानको सन्दर्भमा विभिन्न कारणले स्कुल जान नसकेका यस्तै बालबालिकाको खोजी गरि स्कुल पु¥याउन तपाई हामीपनि सक्दो सहयोग गर्न सक्यौं भने “आजका बाल–बालिका भोलीका कर्णधार”बनाउन सक्छौंकी ?