अर्घाखाँचीडट्कम संवाददाता
रतनमारे, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ६ रतनमारे स्थित श्री सिद्धार्थ मा.बि.मा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार “बिद्यालय-प्रहरी सम्पर्क कार्यक्रम” अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
सचेतनामूलक कार्यक्रममा कक्षा ९ र १० का छात्र छात्रा तथा स्थानिय प्रतिनिधि, बिभिन्न कार्यालयका कर्मचारी, पत्रकार, स्थानियबासी, भद्रभलादमी, बुद्धिजिबी समेत गरि करिब १५० जनाको सहभागीता रहेको थियो ।
सहभागीतालाई लागु औषध दुर्ब्यसन, लैङिगक हिंसा, महिला हिंसा, घरेलु मदिरा उत्पादन नियन्त्रण, जबरजस्ती करणी, बिबाह सम्बन्धी, सामाजिक तथा साइबर अपराध सम्बन्धी बिभिन्न बिषयमा जानकारी गराइएको थियो ।
जनचेतनामुलक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नबराज मल्ल प्र.नि.खिम बहादुर घ.म.र प्र.नि. गम्भिर जंग थापाले प्रशिक्षण दिएका थिए ।