सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष तथा सन्धिखर्क नगरपालिकाका अधिकृत गोबिन्द केसीले कर्मचारीहरुको हक अधिकार सुनिश्चितता गर्नका लागि सबै पेसागत संगठनहरु एक हुनु पर्ने बताउनु भएको छ ।
रेडियो देउराली सगको देउराली बहसमा बोल्दै केसीले अर्घाखाँचीमा आफुहरुले कर्मचारी अरुका दु:ख पिर मर्का बुझेर अहिले काम गरिरहेकाले कर्मचारीहरुले पनि जनताको काम ईमानदारी पुर्व गरि कार्यालय समयमा जनता प्रति बफदार हुनु पर्ने बताउनु भएको हो । उहाले जनमुखि मुस्कान सहितको सेवा गर्नु निजामती कर्मचारीहरुको दायित्व भएको बताउदै दायित्वबाट कहिपनि पन्छन नहुने बताउनु भयो ।
केसीले आफुहरुको पहलमा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ स्थित पर्यटकिय स्थलमा सहिद झपेन्द भुपेन्द स्मृति एतिहासिक पार्क निर्माण गर्न लागेकोले सो पार्कबाट कालन्तरमा नगरपालिकालाई ठुलो फाईदा हुने अपेक्षा गरिएको बताउनु भयो । उहाले पार्क निर्माणका लागि सहयोग गर्न आग्रह गर्दै पार्क एतिहासिक बनाउने दावी गर्नु भयो ।
केसीले नगरपालिकामा आफु प्रबेस गरेदेखि सुसासन पार्दर्सिता आफुको पहिलो प्राथमिकता रहेको बताउदै बिकास निर्माणका कामहरु दुर्त गतिमा अगाडि बढेको बताउनु भयो । केसी अर्घाखाँची आएपछि नेपाल निजामती कर्मचारी संगठनको जिल्ला नेतृत्व समाले पछि सगठन मजबुद हुदै गएको एक सदस्यको दावी छ । कुसल ईमानदार कर्मचारीको सुचिमा केसी पर्दछन ।