सुर्य भुसाल
डिभर्ना, अर्घाखाँची बैशाख २४ । सन्धिखर्क नगरपालकिा वडा नं. १२ डिभर्नामा जग्गा धनी दर्ता प्रमाण पूर्जा बितरण गरीएको छ । कार्यक्रम सन्धिखर्क नगरपालीकाका प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
विशेष नापी कार्यालय अर्घाखाँचीले नापजाचँ गरी तयार गरेका जग्गा धनी दर्ता प्रमाणपूर्जा मङगलवार एक कार्यक्रमको वीच सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले वितरण गरे ।
भुसालले स्थानीय ९१ वर्षिय गौरी नारायण श्रेष्ठलाई नायाँ लालपूर्जा वितरण गरी वितरण कार्यको सुरुवात गरे । लालपूर्जा वितरण गर्दै भुसालले तत्कालिन सशस्त्र युद्धको समयमा जिल्लामा माओवादीबाट सदरमुकाम आक्रमण हुँदा लालपूर्जा जलेर नष्ट भई अर्घाखाँची जिल्ला नक्सा विहिन भएको कुरा स्मरण गर्दैे अब नयाँ लालपुर्जाले आम नागरीकको काम ,कार्वाही , ब्यापार , ब्यबसाय संचालन गर्न सहज हुने बताए ।
त्यस्तै सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले लालपुर्जा वितरणले जनतामा खुसी छाएको बताए । उनले आप्ःनो जग्गा जमिनको सहि सदुपयोग गरी आयआर्जनका कार्य गर्न जग्गा धनीहरुलाई आग्रह गरे ।
त्यस्तै निमिक्त प्रमुख जिल्ला अधिकारी विष्णुराज बेलबासेले जिल्लामा लामो समयदेखि बसोवास गर्दै आएका मानिसहरु जग्गाधनी नयाँ पूर्जा नभएका कारण समस्यामा पर्दै आएको बताउँदै आजको यस लालपुर्जा वितरण कार्यले आम नागरीकमा खुसीयाली छाएको बताए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली , डिभिजन वन अधिकृत शिव प्रसाद शर्मा , प्रहरी निरीक्षक खिम बहादुर घम , मालपोत अधिकृत खिमानन्द आचार्य , जिल्ला समन्वय समिति सदस्य झम्मन कुमारी श्रेष्ठ , १२ नं. वडा अध्यक्ष नारायण खड्का , वडा सदस्यहरु नारायण बस्याल , बाबुराम बस्याल , हिमला टमटम , नेकपाका मधुकुमार श्रेष्ठ , नेपाली काङग्रेसका वडा सभापति लिलाधर बस्याल , जनमोर्चाका गोपाल पाण्डे , पत्रकारद्धय विक्रम पाण्डे समान्ता , बसन्त श्रेष्ठ छापेली लगायतको स्थानीयहरको उल्लेखनिय सहभागिता रहेको थियो । यस वडामा ८१८ जग्गा दर्ता निवेदन सङख्या रहेका मध्य जम्मा ७२९ जग्गा धनजीहरुले आफ्नो जग्गा दर्ता गराएका थिए ।

यस वडा भित्र कृषि तर्फ कित्ता सङख्या ३३०७ , क्षेत्रफल ३१७ हेक्टर रहेको छ । त्यस्तै ब्यबसायिक तर्फ कित्ता सङख्या ६१२ , क्षेत्रफल ८५ हेक्टर रहेको र त्यस्तै सरकारी जग्गा तर्फ कित्ता सङख्या १०५ , क्षेत्रफल २३६ हेक्टर जमिनको नाँप जाँच गरी लालपुर्जा तयार गरीएको ४ नं. नापी टोलीका प्रमुख दल बहादुर बोहोराले जानकारी दिए । लालपूर्जा वितरण कार्य जारी रहेको र यदि आज वितरण गरेर नसके भोलि पनि वितरण गर्ने बोहोराले बताए ।
कार्यक्रम विशेष नापी कार्यलयका प्रमुख खिम बहादुर रानाको अध्यक्षता , ४ नं. नापी टोलीका प्रमुख दल बहादुर बोहोराको स्वागत मन्तब्य तथा ४ नं. नापी टोलीका प्रमुख राम उद्गार यादव संचालनमा सम्पन्न भएको पत्रकार विक्रम पाण्डे समान्ताले खबर पठाएका छन् ।