सन्धिखर्कमा घरेलु तथा साना उद्योग विकास समिति अर्घाखाँचीकाे समीक्षा गाेष्ठी सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची  बैशाख २४  । घरेलु तथा साना उद्योग विकास समिति अर्घाखाँचीकाे आयाेजनामा सन्धिखर्कमा समीक्षा गाेष्ठी सम्पन्न भएकाे छ ।
जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्माकाे अध्यक्षतामा सम्पन्न  गाेष्ठिमा   चालू अार्थिक बर्ष ०७५/०७६काे  वर्ष भरि गरियका कामकाे समीक्षा गरियकाे छ ।उक्त गाेष्ठिमा वरिष्ठ उद्योग अधिकृत ईन्दिरा भुसाले  अागामि अार्थिक वर्ष २०७६/०७७काे प्रस्तावित अनुमानित बजेट बिवरण  समेत प्रस्तुत गर्नु भएकाे थियाे ।
   उक्त प्रस्तावित बजेट कार्यान्वयन का लागि सम्बन्धित निकायमा सिफारिस गर्ने समेत गाेष्ठि  तथा बैठकले निर्णय गरेकाे छ ।
उक्त कार्यक्रममा गरिबी निवारणका लागि लघु उद्धम विकास कार्यक्रम  अन्तरगत घरेलु कार्यालय काे मातहतमा रहि अर्घाखाँचीका सितगंगा नगरपालिका ,पाणिनि र छत्रदेव गाउँपालिका मा काम गर्दै  अायकाे शसक्तीकरण नेपाल पाल्पा का सचिव सागर पाेख्रेल ले अाफ्नाे संस्थाकाे प्रगति बिवरण प्रस्तुत गर्नु भएकाे थियाे । 
यसै गरि सहयाेगी संस्था नेपाल ललितपुर ले पनि अर्घाखाँची मा अाफुले गरेका कार्यक्रमहरूकाे प्रगति बिवरण प्रस्तुत गरेकाे छ।   संस्थाकाे त्रफ बाट कार्यक्रम  संयाेजक उमासीं ठकुरि ले  सन्धिखर्क नगरपालिका , भूमिकास्थान, र मालारानी गाउँपालिका मा गरेका कामहरूकाे प्रगति बिवरण प्रस्तुत गर्नु भएकाे थियाे । 
  यी  दुबै   संस्थाहरूले  नयाँ उद्धमी श्रृजना र पुराना उद्धमीहरूकाे स्तर उन्नतिका लागि विभिन्न कार्यक्रम हरू सन्चालन गर्दै  अायका छन् । 
घरेलु तथा सना उद्योग विकास समितिका नायव सुब्बा हुम बि क काे सन्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिका उप प्रमुख ठाकुर कुमार बि क किशाेर ,नेपाल घरेलु तथा  साना  उद्योग महासंघ का अध्यक्ष तथा मालारानि गाउँ पालिका अध्यक्ष  बालकृष्ण अाचार्य ,सहायक प्रमुख जिल्ला  अधिकारी बिष्णु बेल्वासे,काेष नियन्त्रक राम बहादुर के.सि.   ,जिल्ला समन्वय अधिकृत शंकर भुसाल ,कृषि बिकास बैंक शाखा प्रमुख चिन्जीवि वस्याल ,गैसस महासंघ का ठाकुर अधिकारी,वन डिभिजन कार्यालयका हरि बहादुर थापा लगायतकाे उपस्थिति  रहेकाे थियाे ।

अन्य समाचारहरु