सन्धिखर्कमा चेम्वर अफ कमर्शद्धारा नव निर्वाचित होटल, रेष्टुरेण्ट व्यवसायीका पदाधीकारीलाई सम्मान तथा भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न

श्याम घिमिरे 
सन्धिखर्क, बैशाख २५ अर्घाखाँची । अर्घाखाँची चेम्वर अफ कमर्शको आयोजनामा नव निर्वाचित होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ अर्घाखाँचीका पदाधीकारी एवं सदस्यहरुलाई सम्मान तथा संस्थाको भित्ते पात्रो बिमोचन कार्यक्रम बुधबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रममा मनतब्य राख्दै सन्धिखर्क नगरपालीकाका प्रमुख कमलप्रसाद भुसालले आर्थीक पाटोको सबैभन्दा ठुलो सहयात्री संस्था चेम्वर अफ कमर्श भएकोले यसको बिकासका लागी सबै पक्षकोे ध्यानजानु पर्ने बताउनु भयो । भुसालले जिल्लामा पर्यटन क्षेत्रको बिकासमा चेम्बरले सकारात्मक भुमिका निर्बाह गर्नुपर्ने भन्दै नगरपालीका यसको बिकासको लागी सहयोग गर्न तयार रहेको समेत बताउनु भएको हो ।
यस्तै उपप्रमुख ठाकुर कुमार बिकले व्यबसायीहरुले स्वच्छ,स्वस्थ्य र पारदर्शि ब्यबसाय गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा निमित्त प्रजिअ बिष्णुराज बेल्बासे,सनपा २ का वडाअध्यक्ष मोतिजंग रायमाझी,निमार्ण व्यबसायी संघका सहअध्यक्ष कासी बस्याल, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष मोहनसिंह ठकुरी,पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले शुभकामना मनतव्य राख्नु भएको हो ।
कार्यक्रम संस्थाका अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षता,द्धितिय उपाध्यक्ष प्रकाश बस्नेतको स्वागत मनतब्य र सदस्य हरीप्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु