सन्धिखर्कमा हात्तीपाईले राेग सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्य भुसाल  
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीकाे अायाेजना तथा विभिन्न दातृ संस्थाहरूकाे सहयाेगमा सन्धिखर्कमा हात्ती पाईले राेग सम्बन्धि सराेकारवालाहरू बिच अन्तरकृया कार्यक्रम सम्पन्न भएकाे छ ,।
जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा काे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सहजीकरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि रामकुमार महताेले गर्नु भएकाे थियाे ।कार्यक्रममा नेपालमा हात्तीपाईले राेगकाे अबस्थाकाे बारे प्रकाश पारिएको थियाे ।
सन २०२० सम्म यस राेग लाई जनस्वास्थ्यकाे रूपमा रहन नदिने उद्देश्य राखि देशभर फेरि कहि संक्रमित हरू छन् कि भनेर पुन संक्रमणकाे जाँच हुनलागेकाे महताेले बताउनु भयाे ।
उहाँकाअनुसार अर्घाखाँचीमा पनि ५४ विद्यालयमा कक्षा १ र २ मा पढ्ने ९ बर्ष सम्मका बिद्यार्थी हरूलाई हात्तीपाइले राेग भए नभएकाे हेरिने छ ।
यसरी पन्ध्र सय छपन्न सेम्पल लिइने र ती सेम्पलमा राेग देखिय उपचार समेत गरिने महताेले बताउनु भयाे ।याे कार्यक्रम अर्घाखाँची जिल्लामा जेठकाे पहिलो हप्ता बाट सुरू हुने बताईएकाे छ ।
कार्यक्रम मा निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासे ,रामबाण गुल्म पति निरज भण्डारी ,शिक्षा समन्वय ईकाई प्रमुख मनिराम पराजुलि , अस्पताल प्रमुख जगन्नाथ तिवारि, खाेप अधिकृत रामप्रसाद गाैतम , खाेप सुपरभाईजर राजाराम अाचार्य, स्थानीय तहका शिक्षा शाखा संयाेजकहरू पत्रकार लगायतकाे काे सहभागिता रहेकाे थियाे । 
उक्त कार्यक्रम जिल्ला स्वास्थ्य प्रमुख पुष्पा थापाकाे स्वागत तथा जन स्वास्थ्य निरिक्षक गणेश पाैडेलकाे सन्चालनमा सम्पन्न भएकाे हाे ।

अन्य समाचारहरु