विष्णुकुमार आले
लाहापे, अर्घाखाँची । तराईको अधिकांश खेतियोग्य जमिन सिंचाई सुविधा नभएकै कारण बाँझो छ। पहाडी क्षेत्रका धेरै जसो उर्बर फाँटमा पनि सिंचाई सुविधा नभएकै कारण खेति गर्न सकिएको छैन।
अर्घाखाँचीको लाहापे सातमाराका किसान सिंचाईकै समस्या भोगिरहेका छन्। अर्घाखाँचीको सितगंगा ८ साबिक जलुके गाविसको सातमारा र लाहापे क्षेत्रमा सयौं हेक्टर खेतियोग्य फाँट छ। त्यहि फाँटको तलबाट राप्पती नदी बग्छ। तर किसानले खेति गर्नका लागि आकाशे पानीको भर पर्नु पर्छ। स्थानीयको गुनासो घर जमिन तलबाट राप्पती नदि बग्छ तर यहाँको सयौं हेक्टर खेतियोग्य जमिन सुकिरहेको स्थानीय रेनु प्रसाद बेल्बासेले बताए।
चुनावको बेला स्थानिय , प्रदेश र केन्द्रीय नेताहरूले भोट तान्न यहाँको सिचाँईको समस्यालाई मुख्य एजेन्डा बनाएर खोक्रो आस्वासन दिने गर्दछन् तर चुनाव जितेर गएपछी नेताहरू यस ठाँउमा एक पटक फर्केर नआएको उनको गुनासो छ। यस क्षेत्रमा सिचाँईको व्यवस्था मिलाउन पटक पटक नेताहरुलाई आग्रह गरेपनि सुनाई नभएको उनि बताउछन्। यस ठाउँमा ५ सय ५० घरधुरी भन्दा बढिको बसोबास छ। जमिन समथर मात्रै छैन, खेतियोग्य पनि छ। गत आर्थिक बर्षमा क्षेत्रिय योजना अन्तर्गत सिलिङ खोला, लाहापे, सातमारा सिंचाई आयोजनाका लागि एक करोड बजेट छुट्टिएको थियो। तर काम पनि नभएको , पैसा पनि कहाँ गयो आफुलाई जानकारी नभएको स्थानिय श्रीराम गिरीले बताए । यहाको खेतीयोग्य जमिनमा सिचाँईको व्यवस्था हुने हो भने बाह्रै महिना खेती गर्न सकिने र युवाहरु बिदेश जानबाट रोकेर व्यवसायीक कृर्षिमा लाग्ने गिरीले बताए।
वडा अध्यक्षको प्रयास यसवर्ष राप्पतीबाट लिप्ट सिँचाई योजनाका लागी प्रदेश सरकारले सर्भे गरेपनि अहिले सम्म काम शुरु हुन नसकेको सितगंगा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुकेश आलेले बताए। गत आर्थिक बर्षमा क्षेत्रिय योजना अन्तर्गत सिचाईको लागि सिलिङ खोला सातमारा लाहापे सिचाई योजनामा रू १ करोड छुट्टीएको भएपनि त्यो पैसा कहाँ कता गयो अत्तोपत्तो छैन वडा अध्यक्ष आलेले बताए। यस क्षेत्रमा सिचाँई योजना ल्याउन आफुले सक्दो प्रयास गरिरहेको थाहाखबर सँग कुराकानी गर्दै उनले भने हामीले सर्भे गरेको प्रदेश स्तरिय योजनालाई ताकेता गरिरहेका छौं। तर योजना निर्माणको कति पैसा छुट्टिएको छ ,काम के कसरी गर्ने हो आफुसँग परामर्श वा छलफल गर्न कोही नआएको अध्यक्ष आलेले बताए। सिंचाईको सुविधा भए बाह्रै महिना खेति गर्न सकिने किसानहरु बताउँछन्।
व्यवसायिक खेति गर्न सके, साँझ विहानको गर्जो टार्न विदेशिनु नपर्ने स्थानीयको भनाई छ। तर सिंचाईका लागि पटक पटक पहल गरेपनि सुनुवाई नभएको स्थानीय बताउछन्। उनीहरु भन्छन् जिल्लामा पनि कति धाउने , प्रदेसमा र केन्द्रमा पनि पटक पटक विभिन्न दलका नेताहरूलाई भेटेर सिचाँई योजनाका बारेमा कुराकानी गरियो तर अहिले सम्म हाम्रो कुरा कसैले सुनेन, उनीहरुको गुनासो छ। सिंचाई सुविधा नहुँदा बाँझो बनेका फाँट मुनीबगिरहेको राप्पती हेरेर यहाँका किसान मन बुझाईरहेका छन्। तर यहाँको खेतीयोग्य जमिनमा सिचाँईको ब्यवस्था गर्न कसैले ध्यान दिन सकेको छैन। यहाँ रहेको सयौं हेक्टर खेतीयोग्य जमिनमा सिचाँईको ब्यवस्था हुन सके उत्पादन खाध्यान्न तथा मौसमी , बेमौसमी तरकारी खेती अन्य जिल्लामा निर्यात गर्न सकिने किसान बताउछन्। प्रदेश सरकार भन्छ योजना प्रकृयामा प्रदेश ५ का भौतिक पुर्वाधार बिकाश मन्त्री वैजनाथ चौधरीले थाहाखबर सँग टेलीफोनमा कुरा गर्दै योजना प्रक्रियामा रहेको बताए। उनले भने उपभोक्ता प्रक्रिया पुगेको छैन कागजी काम धेरै बाँकी छ।।
अहिले त्यस क्षेत्रमा राप्पती लिप्ट सिचाई योजनाको डिपिआरको काम पुरा भएको छ। प्रदेश ५ सरकारले अहिले सम्म बिभिन्न जिल्लामा गरि ५० प्रतिशत सिचाई योजनाका काम सम्पन्न भैसकेको बताउदै मन्त्री चौधरीले लाहापे र सातमारा सिचाई योजना प्रक्रियामा छ। तर ५ बर्ष भित्र ७० प्रतिशत सिचाई योजनाका काम पुरा गर्ने त्यसै भित्र लाहापे सातमारा सिचाई योजना पनि सम्पन्न हुने उनले बताए। मन्त्री चौधरीले अवको ३ बर्षमा काम पुरा हुने भन्दै बजेट एत्तीनै लाग्छ भनेर अनुमान गर्न नसकिने बताए। मन्त्री चौधरी भन्छन् हामी ५ बर्ष भित्रमा लाहापे सातामारामा सिचाँईको योजनाको काम पुरा गछौं। प्रदेश ५ का १२ ओटा जिल्लामा बिभिन्न ठाँउमा धेरै सिचाँईका योजनाको काम पुरा गर्नु छ। लाहापे सातमाराको राप्पती लिप्ट सिचाई योजनालाई प्राथमिकता साथ अगाडी बढाउने छौं।