सुर्य भुसाल
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ७ र ८ मा सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँबाट नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुको ठूलो सख्यामा उपस्थिति हुने गरेको काङ्ग्रेस जिल्ला सभापति बिस्नु प्रसाद खनालले जानकारी दिनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता तथा केन्द्रीय प्रतिनिधि दिप कुमार उपाध्य नेपाली काङ्ग्रेसका नेता रेवती प्रसाद भुसाल जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कान उपसभापति शान्ता भन्डारी सचिब छबिलाल पौडेल प्रदेश सासद निर्मला क्षेत्री महासमिति सदस्य केसब श्रेष्ठ जिल्ला सदस्यहरु नेत्रप्रसाद भट्टराई माधब पौडेल प्रेम बेल्वासे सगिता बेल्बासे सीता भुसाल चन्द्रा गैरे हेमन्त बेल्बासे नेपाली काङ्ग्रेस भुमिकास्थान संयोजक अशोक श्रेष्ठ लगायतका काङ्ग्रेसका नेताहरुले आ- अ आफ्नो भनाइ राखेका थिए ।