चुत्राबेसीको श्री जन ज्योति माविमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको चुत्राबेसीमा रहेको श्री जन ज्योति माविमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । 
 
आज शुक्रबार ११:०० बजेको समुदाय-प्रहरी साझेदारी अवधारणा अनुसार “प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम” अन्तर्गत जन ज्योति मा.वि. चुत्राबेसीमा अध्ययनरत १५ जना छात्र र २१ जना छात्रा गरी ३६ जना बिद्यार्थीहरुलाई ‍यस जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा “प्रहरी संग १ दिन “ भ्रमण तथा सचेतनामुलक कार्यक्रम संचालन गरिएको हो 
उक्त कार्यक्रममा प्रहरी प्रमुखसँग भेटघाट प्रहरी कार्यालय भवन अवलोकन, नागरिक सहायता कक्ष, प्रहरी परिचालन कक्ष (१०० र १०४ को प्रयोग ), अपराध अनुसन्धान कार्य, महिला तथा बालबालिका सेवा केन्द्र, जनचेतना मुलक भिडियो प्रदर्शन, जनचेतना मुलक प्रशिक्षण, ट्राफिक सम्बन्धी जनचेतनामुलक प्रशिक्षण दिईएको थियो । 
जिल्ला प्रहरी कार्यालयका अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्ल, प्र.नि. गम्भिर जंग थापा र प्र.स.नि. पवन साउदले प्रशिक्षण दिनु भएको थियो । 

अन्य समाचारहरु