सन्धिखर्कको छापडाँडाको बराहनेटा आधारभुत बिद्यालयमा नेपाली सेना म्यालपोखरीले निर्माण गरेको अपाङ्गमैत्री शौचालय हस्तान्तरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

श्याम घिमिरे 
बराहनेटा, अर्घाखाँची बैशाख २७  । अर्घाखाँची जिल्लाको वाङ्ला स्थित म्यालपोखरीमा रहेको नेपाली सेनाको रामबाँण गुल्मले सन्धिखर्क ३ स्थीत बराहनेटा आधारभुत बिद्यालयमा निर्माण गरेको अपाङ्गमैत्री शौचालयको आज एक कार्यक्रमका बिच बिद्यालयलाई हस्तान्तरण गरेको छ ।
 नेपाली सेनाको करीब ५ लाख रुपैयाको लागतमा निर्माण गरीएको सुबिधा सम्पन्न ४ कोठे अपाङ्ग मैत्रि पक्की शौचालयको रामबाँण गुल्मका गुल्मपति निराजन भण्डारीले बिद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा मनतब्य राख्दै भण्डारीले नेपाली सेना जनता संग हातेमालो गर्दे अगाडी बढ्ने भन्दै आफुहरुले शौचालय निर्माण गर्न पाउदा हर्षित भएको बताउनु भयो । भण्डारीले शौचालयको उचित रेखदेख र संरक्षण गर्न बिद्यालयलाई आग्रह समेत गर्नु भयो ।
कार्यक्रमा सनपा ३ का वडाअध्यक्ष लिलाराम गौतम,बिद्यालयका प्रअ कृष्ण प्रसाद आचार्य,स्थानिय समाजसेबि बिष्णु बहादुर बस्नेत पत्रकार श्याम घिमिरे लगायतले मनतब्य राख्दै नेपाली सेनाको उत्कृष्ट कार्यको खुलेर प्रशंसा समेत गर्नु भएको हो ।
कार्यक्रम बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष चिन्ते भारतीको अध्यक्षता,शिक्षक भानुप्रकाश आचार्यको स्वागत मनतब्य र शिक्षक सुदिप केसीको सन्चालनमा सम्पन्न भएको हो । उक्त सौचालयबाट बिद्यालयका करीब २५० जना छात्रछात्राहरु प्रत्यक्ष रुपमा लाभाम्वीत हुने बिद्यालयले जनाएको छ ।

अन्य समाचारहरु