पानडाँडा, घाेराखाेरी, चिदिचौर, बरबासका समुदायिक वनहरुमा भीषण आगलागी घरगोठ नष्ट, लाखौंको क्षति ( भिडियो तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
पानडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड न.७ पानडाँडा, घाेराखाेरी, बरबासका समुदायिक वनहरुमा भीषण आगलागी भएको छ ।
आगलागीबाट पानडाँडाका छबीलाल सुनारको घर पूर्ण रुपमा नष्ट भएको छ । सुनारको आगलागीबाट घर, थारो जलेर पूर्ण रुपमा नस्ट भएको छ। सुनारको लाखौं रुपैया बराबर क्षति भएको छ ।
पानडाँडाको आगो नियन्त्रणमा आएको छ भने चिदिचौर, वरबासका समुदायिक वनहरुमा आगलागी नियन्त्रण बाहिर पुगेको छ ।
शुक्रबार र शनिबार विहानसम्म स्थानियबासी सहित खिल्जी र सन्धिखर्कबाट आएको प्रहरी टोली तथा दमकल आगो निभाउन लागिपरेपनि आगलागी नियन्त्रणमा आउन सकेको छैन् ।
समुदायिक वनहरुमा लागेको आगलागीसंगै कयौ घरहरु जोखिममा रहेको स्थानिय सुनिल रायमाझीले बताए । स्थानियबासी त्रासमा रहेका छन् ।
उता जिल्लाका कयौ क्षेत्रमा आगलागी भईरहेका समाचारहरु आईरहेका छन् ।

अन्य समाचारहरु