माधव खनाल
ढाकावाङ, अर्घाखाँची वैशाख २८ । स्वर्गीय श्यामकला गिरिको ११औं दिनको पुण्य तिथि पारी राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वडा न १ ढाकावाङको आयोजनामा भुमिकास्थान नगरपालिका वडा न १ साम्नेगाउ चौथिलगाउनेमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रिय परिषद सदस्य तथा अर्घाखाँची जिल्ला सल्लाहकार खड्कबहादुर थापाले स्वर्गीय गिरिको निधनले राष्ट्रिय जनमोर्चा जिल्लाकमिटी अर्घाखाँची र सिङ्गो बामपंथी आन्दोलनलाई अतुलनीय क्षतिपुगेको बताउनु भएको छ ।
साथै थापाले स्वर्गीय श्यामकला गिरिले पार्टीप्रती गरेको योगदान प्रती उच्च प्रशम्सा गर्दै उहाँले देखाएको बाटोमा लाग्न कार्यकर्तालाई निर्देश समेत गर्नुभएको छ यस्तै श्रद्धाञ्जली कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले पनि स्वर्गीय गिरिको निधनले राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वडा न १ ले सिङ्गो अभिभावक नै गुमाएको बताएका छन ।
यसरि मन्तव्य राख्नेहरुमा राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला सदस्य मेघराज खनाल ,अखिल नेपाल टेड युनियन महासंघ अन्टुकका भुमिकास्थान नगर सचीव युवराज खनाल राष्ट्रिय जनमोर्चा प्युठान जिल्ला मल्लरानी गाउपालिका वडा न २ का सदस्य सत्यमोहन राना लगाएतले मन्तव्य राख्नुभएको थियो ।
भने कार्यक्रम स्वर्गीय श्यामकला गिरिका माइला छोरा ठाकुर गिरिको अध्यक्षता र माधव खनालको संचालनमा सम्पन्न भएको थियो उक्त श्रद्धाञ्जली कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा न १ अध्यक्ष भोजराज खनाल , अखिल नेपाल शिक्षक संघका भुमिकास्थान नगर सचीव रामप्रसाद खनाल ,जनजाति सम्मेलनका चन्द्रपाल गमाल ,किसान संघका जगत भुसाल र अखिल नेपाल युवक संघका राजकुमार गमाल लगायत को उपस्थिती रहेको थियो ।
स्वर्गीय गिरिका तीन छोराहरु हुनुहुन्छ । श्याकला गिरिको यहि वैशाख १८ साझ ५ बजे ७७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।