अर्घाखाँचीका कयौ भागमा भीषण आगलागी, भुमिकास्थानमा १० वटा घरगोठ जलेर नष्ट, दुई हजार बढि घरपरिवार जोखिममा (तस्बिर सहित)

प्रेम नारायण  आचार्य 
बरबास, अर्घाखाँची  वैशाख २८ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगलागी हुदा १० वटा घरगोठ जलेर नष्ट भएका छन् ।
भुमिकास्थान नगरपालिका वडा नं. ८ मा ५ वटा घर र नुवाकोट माविको केही भाग जलेर नष्ट भएको हो । यस्तै भुमिकास्थान नगरपालिका वडा नं. ६ खिल्जीमा ५ वटा घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष झविलाल बञ्जाडेले जानाकारी दिनुभयो ।
खिल्जीका ईन्द्र बहादुर बस्नेत र शिव बहादुर बस्नेतको घरगोठ र प्रेम बहादुर बिश्वकर्माको गोठ जलेर नष्ट भएको हुो । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना ,स्थानिय लगायतको टोली खटेको छ । तिव्र गतिको हवाहुरीका कारण आगोनियन्त्रणमा ल्याउन सकिएको छैन् ।
यसैबिच अर्घाखाँचीको शितगंगा नगरपालिकाका अधिकांस बन क्षेत्रमा आज आगोलागी भैरहेको छ । शितगंगा नगरपालीका ४,६,७,८,९,१० र १३ वडा अर्थात ठाडा, सिमलपानी, सिद्धारा, जलुकेका अधिकांश वनमा एक हप्ता देखि डडेलो लागीरहेको छ । 
अहिले सम्म अर्घाखाँची भर १२ हजार हेक्टर बन क्षेत्र डढेलोले सखाप पारेको डिभिजनल बन कार्यलय अर्घाखाँचीका प्रमुख शिव प्रसाद शर्माले बताउनु भयो । जंगलमा लागेको डडेलोले शितगंगावासीको निद्रा हराम भएको छ ।
शितगंगा नगरपालीका अन्तर्गत रहेका अधिकांश सामुदायिक तथा राष्ट्रिय वनमा यतिबेला व्यापक डडेलो लागेको छ । वनमा लागेको आगो जुनसुकै बेला घरमा सल्कीन सक्ने भन्दै अधिकाशं शितगंगावासी रातको समयमा समेत राम्रो संग सुत्न सकेका छैनन ।
शितगंगा नगरपालिकाका दुइ हजार भन्दा बढि घरपरिवार आगो कताबाट बस्तीमा आउने हो दिनरात डर र त्रासमा बसिरहेका छन ।

अन्य समाचारहरु