अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । नेपाली सेनाले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।
नेपाली सेनाको श्री रामवाण गुल्म अर्घाखाँचीको प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार विभिन्न पदहरुको लागि सेनाले दरखास्त आह्वान गरेको हो ।
दरखास्त दिन इच्छुक र योग्यता पुगेका व्यक्तिले जेष्ठ ८ गतेभित्र सैन भर्नाका लागि आवेदन दिन सक्नेछन् ।
वाङ्ला स्थित श्री रामवाण गुल्म सन्धिखर्कको म्यालपोखरी व्यारेकमा गएर आवेदन दिन सकिनेछ ।