अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा मेघ गर्जन र हावाहुरीसहित भीषण वर्षा भएको छ ।
जिल्लामा भएको मेघ गर्जन र हावाहुरीसहित भीषण वर्षाले गाउँ – गाउँमा सडकहरु भत्केका छन् । यस्तै वर्षाले सडक चिप्लो भई गाडी चलाउन कठिनाइ भएको छ । साथै विद्युत अवरुद्ध भएको छ ।
उता वर्षा भएपछि खेत, बारीमा मकै छर्न, गर्मी र जिल्लाभर लगेको डढेलो ( आगलागी) ले त्रासमा रहेका जिल्लाबासीमा खुशीयाली छाएको छ ।
पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्र र पूर्वी पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु, राजस्थानमा बनेको न्यून चापीय क्षेत्र र स्थानीय वायुको प्रभावले देशभर हल्कादेखि मध्यम वर्षा भएको छ ।
अर्घाखाँचीको अधिकतम तापक्रम ३२ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।