अर्घाखाँचीमा जवरजस्ती करणीको आरोपमा प्रकाउ परेका प्रेम खड्का निर्दोष: पिडित महिला

(प्रकासित मिती: २०७६ वैशाख ३१, मंगलवार)
अनुसन्धानका लागि थुनामा रहेका प्रेम खड्का 

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा गत बैशाख २६ गते जवरजस्ती करणीको आरोपमा प्रकाउ परेका पत्रकार तथा समाजसेवी प्रेम खड्का निर्दोष रहेको पिडित दुईजना महिलाहरुले बताएका छन् ।
पिडित दुईजना महिलाहरुले आफुहरु माथि प्रहरी प्रशासनले अन्याय गरेको भन्दै न्याय प्राप्तीका लागि छुट्टा – छुटै उजुरी निवेदन हस्ताक्षर गरि जिल्ला हुलाक मार्फत अर्घाखाँची अदालतमा पठाएका छन् । 
पिडितहरुले आफुहरु माथि प्रहरी प्रशासनले अन्याय गरेको भन्दै न्याय प्राप्तीका लागि मंगलवार अदालतमा उपस्थीत भई स्थानिय संघ- संस्थाका प्रतिनिधि, दलका नेता, सन्चारकर्मी र स्थानियबासीको सामु आफनो भनाई सहितको उजुरी निवेदन हस्ताक्षर गरि जिल्ला हुलाक मार्फत अर्घाखाँची अदालतमा पठाएका थिए ।  
पिडित दुईजना महिलाहरुले प्रहरीले जवरजस्ती धम्की दिएर कागजमा सहीछाप गर्न लगाई, जवरजस्ती खुमा कुमारी रानाको पुरुष चिकित्सकबाट स्वास्थ्य परिक्षण गरेको उनिहरुको आरोप छ ।
जानकारी:- पिडित  महिलाहरुले छुट्टा – छुटै जिल्ला अदालत अर्घाखाँचीमा पठाएका प्रकासित बयान निवेदनहरु उनिहरुको अनुरोधमा पुन: हटाइएको छ ।  
प्रहरीको भनाई  यस्तो छ:- 
करणी सम्बन्धी कसुरको विवरण पठाईएको 
मिति २०७६।०१।२५ गते राती अं. ९:४५ बजेको समयमा कपिलबस्तु जिल्लाको बुद्धभुमि नगरपालिकाबाट काम बिशेषले यस अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वार्ड नं. १ शान्ति बगैंचामा आएकी (नामथर, वतन परिवर्तित) अर्घाखाँची ४८(KRG) लाई तत्काल जिल्ला अर्घाखाँची सन्धीखर्क नगरपालिका वार्ड नं. १२ डिभर्ना बस्ने बर्ष ४२ को प्रेम बहादुर खड्काले आफुले होटलको व्यवस्था मिलाई दिने तथा होटलको भाडा समेत तिरि दिने भनि आश्वसन देखाई ऐ.सन्धीखर्क नगरपालिका वार्ड नं.१ शान्ति बगैंचा स्थित रहेको होटल क्याराभानमा लगी सोही होटलमा राखी 8848 नामक रक्सी समेत आफैले खरिद गरि लगी खुवाई सोही राती अं. १०:३० बजेको समयमा जवरजस्ती करणी गरेको भनि पिडितबाट जाहेरी दरखास्त समेत प्राप्त हुन आएको हुँदा उक्त घटना सम्बन्धमा अनुसन्धानको क्रममा निज प्रेम बहादुर खड्कालाई नियन्त्रणमा लिई हाल सम्मानित अर्घाखाँची जिल्ला अदालतबाट मिति २०७६।०१।२६ गते देखी लागु हुने गरि आजै दिन ७ को म्याद थप लिई अनुसन्धान कार्य भई रहेको हुँदा सोही व्यहोरा जानकारीको लागी अनुरोध गरिएको छ ।
मिति २०७६।०१।२७ गते ।
 

अन्य समाचारहरु