चुत्रावेसीको भक्तिटोलमा शिव पुराण ज्ञान महायज्ञको नबौं दिन, भक्तजनहरुको उत्साहजनक सहभागीता (तस्बिर सहित)

श्याम घिमिरे 
चुत्रावेसी, अर्घाखाँची बैशाख ३१ । प्रशिद्ध धार्मिक स्थल सिद्धेश्वर शिवालय मन्दिर चुत्रावेसीमा सन्चालित ११ दिने शिव पुराण ज्ञान महायज्ञको आज नबौं दिन, कथा श्रबण र मन्दीरको दर्शन गर्न जिल्लाका बिभिन्न स्थानहरुबाट सयौं श्रदालु भक्तजनहरुको सहभागितामा रहेको थियो ।
 भक्तजनहरुले बिहान ८ बजे देखी साँझ ५ बजेसम्म मन्दिर परिसरमा बसी कथा श्रबण गर्नुका साथै मन्दीरको दर्शन समेत गरेका थिए । यस्तै आजको कार्यक्रममा सयांै भक्तजनहरु भजनकृतनमा छमछमी समेत नाचेका थिए ।
जिल्ला सदरमुकाम सन्धिखर्कको काख चुत्रावेसी भक्तिटोलमा रहेको सिद्धेश्वर शिवालयमा नेपालमै पहिलो पटक पूर्ण स्फटिक जडित शिवलिङ्गको निर्माण गरिएको मन्दिरको, महत्व बुझाउन र धार्मिक,पौराणिक एवं सांस्कृतिक पक्षको संरक्षण र सम्बद्र्धनको निम्ती महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ ।
आजको कार्यक्रममा बरीष्ठ पंण्डीत केशवानन्द मरासीनिको सान्निध्यतामा प्रतिष्ठित कथाबाचक पंडित नारायण प्रसाद आचार्य (बैदिक) को संगितमय प्रवचन तथा बिबिध धार्मिक कार्यक्रम सम्पन्न भएको हो । जेष्ठ २ गते सम्म सन्चालन हुने शिबपुराण ज्ञान महायज्ञमा स–परीवार उपस्थित भई पुण्य आर्जन गर्न आयोजकले आग्रह समेत गरेको छ । 
यता नबौं दिन सम्म आईपुग्दा शिबपुराण ज्ञान महायज्ञमा करीब ५५ हजार श्रद्धालु भक्तजनले दर्शन गरेको शक्तिपिठ सन्चालक समितिका सचिब कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो ।

अन्य समाचारहरु