श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची बैशाख ३१ । राष्ट्रिय पुन निर्माण प्राधिकरण हिंहदरबार काठमाण्डौको आयोजना र जिल्ला कार्यान्वयन ईकाइ अनुदान व्यवस्थापन तथा स्थानिय पुर्बाधार कार्यालय अर्घाखाँचीको समन्वयमा सदरमुकाम सन्धिखर्कमा आज गुनासो तथा पुनराबेदन कार्यबिधि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्राधिकरणका सहसचिब मुकुन्द निरौलाको अध्यक्षता र जिल्ला आयोजना कार्यान्वयन ईकाइका ठाकुर श्रेष्ठको सन्चालनमा सम्पन्न कार्यक्रममा प्राधिकरणका शंकरहरी आचार्यले बिषयबस्तुमाथी प्रकाश पार्नु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर भुसालले प्राधिकरणले भुकम्प प्रभाबितहरुलाई तिब्ररुपमा सेबा दिनुपर्ने बताउनु भयो । उहाँले प्रकृयागत रुपमा काममा झण्जट भएपनि बास्तबिक प्रभाबितहरुले सरकारबाट पाउने सुबिधा पाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले प्राधिकरणले तिब्रताकासाथ काम गर्नुपर्नेमा जोड दिएका थिए । अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि,बिभिन्न सरकारी कार्यालयका प्रमुख,सुरक्षा निकायका प्रमुखहरु,पत्रकार लगायतको उपस्थीति रहेको जिल्ला आयोजना कार्यान्वयन ईकाइ अर्घाखाँचीका प्रमुख बलराम मिश्रले जानकारी दिनुयो ।