अर्घाखाँचीमा सहिद टंक भुसालको ३७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइयो (भिडियो, फोटो सहित)

माधव खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपालकै पहिलो शिक्षक सहिद स्वर्गिय टंक भुसालको ३७ औं स्मृति दिवस आज  विभिन्न  कार्यक्रमको आयोजना गरी मनाईएको छ ।
२०३९ साल जेठ २ गते तत्कालीन प्रहरी प्रशासनले टंक भुसालको हत्या गरेको थियो। सोहि दिनको सम्झनामा प्रत्येक वर्ष जेठ २ गते शान्ति बगैचामा रहेको शालिकमा स्मृति दिवस मनाउने गरिएको छ।
नेकपा नेता तथा प्रदेश नं.५ का सांसद रामजी प्रसाद घिमिरेले सहिदको त्याग र बलिदानले देशमा आमुल परीबर्तन सम्भब भएको बताउनु भएको छ । अर्घाखाँचीका पहिलो शिक्षक सहिद टंक भुसालको ३७ औं स्मृति दिवसको अवसरमा शिक्षकका  पेसागत संगठनहरुले बिहिबार आयोजना गरेको स्मृति दिवस कार्यक्रममा मनतब्य राख्दै घिमिरेले यस्तो बताउनु भएको हो । विश्वमा भएका हरेक परिवर्तन सहिदहरुकै योगदानले सम्भव भएको बताउँदै घिमिरेले सहिद टंकको सम्मानमा सरकारले परिवारलाई सहयोग गर्नुपर्नेमा जोड समेत दिनुभयो । 
कार्यक्रममा राजमो नेता सागर केसी,सन्धिखर्क नगरपालीका प्रमुख तथा नेका पुर्ब जिल्ला सभापति कमल भुसाल,नेकपा जिल्ला सचिब ठाकुर कुमार बिक, बामपन्थी साहीत्यकार पिताम्बर भट्टराई,पुर्ब शिक्षक नेता कमल प्रसाद घिमिरे,पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले मनतब्य राख्दै भुसाललाई राष्ट्रिय सहिद घोषणा गरि उहाँको परिवारलाई उचित सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँहरुले सहिदलाई हेर्ने दृष्टिकोण साघुरो भएका कारण समाज रुपान्तरणको अगुवा सहिद टंकको सम्मान हुन नसक्नु दुःखद भएको समेत बताउनु भएको हो  । 
एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष युबराज भुसालको अध्यक्षता अखिल नेपाल राष्«िय शिक्षक संगठनका जिल्ला अध्यक्ष धुब्र केसीको स्वागत मनतब्य र अखिल नेपाल शिक्षक संघका जिल्ला सचिब दलबहादुर केसीको सन्चालनमा सम्पन्न कार्यक्रममा सहिद टंककी पत्नी सरस्वता भुसाललाई आर्थिक सहयोग गर्नका साथै टंक स्मृति अक्षय कोषको पनि आजै देखी सुरुवाती गरीएको हो । यसैबिच ३७ औं टंक स्मृति दिवसको पुर्व सन्ध्यामा हिजो सहिद बगैचामा दीप प्रज्वलन गरि सम्मान गरिएका थियो भने भोली सुक्रबार ३ बजे टंक प्रति समर्पित रहि प्रगतिशील साहित्यकार पिताम्बर भट्टराईले लेख्नुभएको “सहिद“ नामक गीति नाटक बिमोचन सहित भब्य साहित्यिक कार्यक्रम हुने पत्रकार श्याम घिमिरेले बताउनु भयो ।
२०११ साल पौष १ गते बुबा जिबलाल भुसाल र आमा केशबति भुसालको कोखबाट साबिक अर्घा गाबिस वडा नं २ को अर्घामा जन्मनु भएका भुसाल पेसाले शिक्षण कार्यमा संलग्न हुनुहुन्थ्यो । लगनशिल,कर्मठ,मिलनसार,समाजसेबि ,बुद्धीजिबी र साहसी ब्यक्तिको रुपमा परीचित स्वर्गीय भुसाललाई पञ्चायति ब्यबस्थाको बहिष्कारको आरोप लगाउदै अर्घारजस्थल माबि अर्घाबाट कक्षा कोठामा पढाउदै गरेको अबस्थामा प्रहरीले आफ्नो कब्जामा लिई हिरासतमा राखी २०३९साल जेष्ठ २ गते २८ बर्षको कलिलो उमेरमा निर्मम तरीकाले कुटी कुटी हत्या गरेको थियो । हामीले तलाँई छोड्दिन्छौ तंैले माफ माग्नुपर्छ भनेर प्रहरीले भन्दा उहाँले प्रतिकृयाबादीहरु संग माफ माग्ने मेरो बर्ग चरीत्र होईन भन्दै हाँसी हाँसी देश र जनताको लागी बलिदानी दिनु भएको थियो ।

 

अन्य समाचारहरु