ठाडामा कांग्रेसकाे जागरण अभियान सम्पन्न, ओली सरकारले जनताकाे हितमा काम नगरेकाे पुर्व मन्त्री दिपकुमार उपाध्यायकाे आरोप

सुर्य भुसाल
ठाडा, अर्घाखाँची । नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्व मन्त्री दिपकुमार उपाध्यायले ओली सरकारले जनताकाे हितमा काम नगरेकाे आरोपलगाउनुभएकाे छ ।
नेपाली काँग्रेस अर्घाखाँचीले सञ्चालन गरेकाे जागरण अभियानकाे शितगंगा नगरपालिका- ३ ठाडामा भएको  कार्यक्रम लाई  सम्बाेधन गर्दै नेता उपाध्यायले नयाँ पुस्तालाई राजनितिमा सक्रिय बनाउँनमा जागरण अभियानले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।
 पुर्व मन्त्री समेत रहेका उपाध्यायले अाेलि सरकार काण्डै काण्डमा मुछिएकाे तर अाेलिले नै सबै काण्ड लुकाएको अाराेप लगाउनु भयो 
अर्घाखाँची जिल्लामा प्रतिनिधि भएर गाउँ गाउँमा पुगेका  नेता उपाध्यायले अागामि चुनाबमा काङ्ग्रेस एक भए दुईतिहाई ल्याउने दाबि गर्दै कम्लिष्ट काङ्ग्रेस को जनलहर देखेर अत्तालिएको बताउनु भयो ।
 कार्यक्रममा पुर्वमन्त्री तथा काङ्ग्रेस नेता  रेवतिप्रसाद भुसालले प्रधानमन्त्री केपि अाेलि सरकार कान्डै कान्डमा रोमलिएको बताउदै सरकार असफल भएको दाबि गर्दै सगठन बिस्तार मा लाग्न कार्यकर्ता लाई अाग्रह गर्नु भयो ।  उहाले   शुसासनकाे नारा दिएकाे सरकारले कुशासनकाे बाटाेमा लागेकाे बताउँदै सरकार अधिनायकाे बाटाेमा अाेलि सरकार लागेकाे भुसालले अारोप लगाउनु भयो 
काँग्रेस जिल्ला सभापति विष्णु मुस्कानले सरकारले गरेका गलत कामकाे भण्डाखाेर गर्न काँग्रेस गाउँगाउँमा हिडेकाे बताउदै सगठन बिस्तार तुरुस्त दुरुस्त पार्ने दाबि गर्नु भयो  उहाले  काँग्रेस जिल्लाका ६१ वटै वडामा पुगि प्रशिक्षण दिदै प्रतिपक्षकाे भुमिका खेल्नका लागि सिकाउँने गरि प्रशिक्षण दिएको बताउनु भयो ।
कार्यक्रममा  जिल्ला उपसभापति शान्ता भण्डारी, जिल्ला सचिव छविलाल पाैडेल, बिस्नु प्रसाद भुसाल  क्षेत्रिय सभापति अच्युत गाैतम, महासमिति सदस्य सुर्य अधिकारी,केसब श्रेष्ठ  यादब घिमिरे जिल्ला सदस्य कुमार केसब सिह नेत्र प्रसाद भट्टराई हेमन्त बेल्बासे तरुण दलका अध्यक्ष नारायण खड्का नेबिसघ भरत भट्टराई लगाएतको उपस्थिति रहेको थियोे । कार्यक्रम नगरसभापति मोति बहादुर बेल्बासे को अध्यक्ष ता मा सम्पन्न भएको हो ।

अन्य समाचारहरु