मधुसुधन पाण्डे
छत्रगंज, अर्घाखाँची । नेपाल रेडक्रस सोसाइटी छत्रगन्ज उपशाखाले आफ्ना गतिविधिहरुलाइ अझ प्रभावकारी ढंगबाट अगाडि बढाउन छत्रदेव गाउँपालिका वाड न.५ बहखोर निवासी श्री मिनकुमार प्रधानको घरमा कोठा ब्यबस्थापन गरेको छ।
एक अौपचारिक कार्यक्रमको आयोजना गरि कार्यालयको उद्घाटन गरिएको हो । छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलको प्रमुख आतिथ्यताबाट सुरु भएको कार्यक्रममा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीका का.बा.सभापति कमलप्रसाद घिमिरेको विशिस्ट आतिथ्यता,विशिस्ट अतिथी कमलप्रसाद घिमिरेले छ्त्रगन्ज उपशाखाले रेडक्रसका गतिविधिमा निभाएको महत्त्वपूर्ण भुमिकाको प्रसंसा गर्दै जिल्ला रेडक्रस र छत्रगन्ज उपशाखाको निकटतम सम्बन्ध भएको उल्लेख गर्नुभयो।प्रमुख अतिथी लेखनाथ पोख्रेलले रेडक्रस मानबिय पीडाको अवस्थामा सहयोग गर्ने संस्था भएको र यसले अगाडी सारेका गतिविधिबाट आफु प्रभावित भएको बताउनु भयो। विशिस्ट अतिथिबाट प्रमुख अतिथिलाइ आजिवन सदस्यताको ब्याज लगाएर सम्मान गर्नुभएको थियो।
सो कार्यक्रममा नेपाल रेडक्रस जिल्ला शाखाका कार्यालय ब्यबस्थापक ठाकुरप्रसाद अधिकारी ,छत्रदेव गाउँपालिका वडा न ५न.वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ सार्वजनिक मा.वि.का प्र.अ.जीवनकुमार श्रेष्ठ लगायतको उपस्थित रहको थियो।
कार्यक्रम छत्रगञ्ज उपशाखाका सभापति कैलाशकुमार श्रेष्ठको सभापतित्व उपशाखाका उपसभापति प्रकाश ज्ञवालीको स्वागत मन्तव्य तथा कृष्णबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो।